एमाले र जनमतका नेता नाउपा नेपालमा प्रवेश

एमाले रुपन्देहीका नेता र रौतहटका जनमत पार्टीका नेता नागरिक उन्मुक्ति पार्टी नेपालमा प्रवेश गरेका छन्। सिनामंगलस्थित पार्टी कार्यालयमा संरक्षक रेशम चौधरीले रुपन्देहीका एमाले नेता नरसिंह चौधरी र रौतहटका जनमत नेता शेख अब्दुस सलाम नाउपा नेपालमा प्रवेश गरेको महासचिव डा. उमाशंकर चौधरीले जानकारी दिए।

पार्टी कार्यालयमा आजदेखि सुरू भएको केन्द्रीय कमिटी बैठकमै उनीहरू प्रवेश गराइएको महासचिव चौधरीले थारुवानलाई बताए। उनका अनुसार चौधरी रूपन्देही जिल्लाको पूर्व बार एसोसियसनका अध्यक्ष, एमाले जिल्ला कमिटी सदस्य, मेयरका उम्मेदवार भएका बौद्धिक व्यक्ति हुन्। त्यस्तै सलाम पूर्व जनमत पार्टीका नेता र रौतहट क्षेत्र नं २ ख का उम्मेदवारसमेत भइसकेका व्यक्ति हुन्। उनी सामाजिक अभियन्ता पनि हुन्।

प्रतिनिधिसभा निर्वाचनका लागि सामानुपातिक तथा प्रत्यक्ष निर्वाचनको एजेण्डासहित बैठक भोलिसम्म चल्ने महासचिव डा. चौधरीले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *