के नाउपा नेपाल र नाउपाबीच चुनाबी सहकार्य हुँदैछ?
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र नागरिक उन्मुक्ति पार्टी नेपालका पदाधिकारीबीच भेटवार्ता भएको छ। आगामी निर्वाचनमा सहकार्य गरेर अघि बढ्ने विषयमा उनीहरूबीच छलफल भएको हो।
आगामी निर्वाचनमा दुवै पार्टी मिलेर जानसक्ने संकेत अध्यक्ष श्रेष्ठले दिएको स्रोतको भनाइ छ। सम्भवतः आज दुई पार्टीबीच चुनावी सहकार्य गरेर अघि बढ्ने सहमति पनि हुने स्रोतको दाबी छ। छलफलमा नाउपा नेपालका तर्फबाट वरिष्ठ उपाध्यक्ष अब्दुल खान र दीप योन्जन तामाङ सहभागी थिए।
‘नागरिक उन्मुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालको सम्पुर्ण नेता शुभचिनतकमा चाँडै शुभ समचार आउँदैछ। काठमाडौं हुने साथीहरू र पत्रकार मित्रहरूलाई १ बजे सिनामंगलस्थित केन्द्रीय कार्यलयमा उपस्थिति हुन अनुरोध गर्दछु,’ नेता तामाङले फेसबुकमा लेखेका छन्।
Facebook Comment