प्रदेश सांसदबाट राजीनामा दिएर बर्दिया-२ मा उम्मेदवारी दिने धर्मबहादुर चौधरीको घोषणा
लुम्बिनी प्रदेश सभाका सदस्य एवं पूर्वमन्त्री धर्मबहादुर चौधरीले पदबाट राजिनामा दिएर संघीय संसद्को निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरेका छन् । नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित उनी कुलमान घिसिङको उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन् ।
उनी नागरिक उन्मुक्ति पार्टीबाट बर्दिया-२ (२) बाट निर्वाचित भएर लुम्बिनी प्रदेश सभाका भौतिक पूर्वाधार विकास मन्त्री बनेका थिए । चौधरी शनिबार उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका हुन् । त्यसलगत्तै उनले बर्दिया २ बाट उम्मेदवार बन्ने घोषणा गर्दै प्रदेश सभा सदस्यबाट राजिनमा दिने बताएका छन् ।
‘मैले नागरिक उन्मुक्ति पार्टीबाट राजीनामा गरिसकेको छु, माघ ६ गतेभित्र नै लुम्बिनी प्रदेश सभामा सदस्य पदको पनि राजीनामा दिँदै छु,’ उनले भने, ‘अबको मेरो राजनीतिक यात्रा उज्यालो नेपाल पार्टीबाट हुनेछ।’
Facebook Comment