सुनसरी ३ मा रास्वपाका अशोक चौधरी विजयी, भत्कियो गच्छदार र भगवतीको विरासत
सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार अशोककुमार चौधरी विजयी भएका छन्।
चौधरीले ४७ हजार ४२१ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजयकुमार गच्छदारले २० हजार ५०१ मत प्राप्त गरेका छन्। चौधरीले गच्छदारलाई २६ हजार ९२० मतान्तरले पराजित गरेका हुन्।
त्यस्तै, नेकपा एमालेकी भगवती चौधरीले १५ हजार ८३ मत प्राप्त गरेकी छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार, सुनसरी-३ मा कुल एक लाख ३४ हजार ३०२ मतदाता रहेका थिए। तीमध्ये ९५ हजार १८५ मत खसेको थियो। यस परिणामसँगै सुनसरीमा रास्वपाले पहिलो जित दर्ता गर्दै आफ्नो उपस्थिति बलियो बनाएको छ।
Facebook Comment