रास्वपाको थारू कलस्टरबाट चार जना बने समानुपातिक सांसद

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक तर्फ बन्दसूची थारु क्लस्टरमा रहेका छ मध्ये चार जना प्रतिनिधिसभा सदस्य हुने भएका छन्। रास्वपाले निर्वाचन आयोगमा बन्द सूची पेस गर्दा थारु क्लस्टरमा पुरुष र महिला ३/३ जना नाम समावेश गरेको छ । पुरुषबाट सुरेन्द्र चौधरी, प्रेमलाल चौधरी, गोविन्द बहादुर थारु छन् भने महिलाबाट गीता चौधरी, उर्मिला चौधरी र करिष्मा कठरिया उम्मेदवार छन् ।

रास्वपाबाट ५७ समानुपातिकबाट प्रतिनिधि सभा सदस्य हुँदैछन् । जसमध्ये ४८ जना महिला र ९ जना पुरुष रास्वपाले छनोट गरेको छ । सदनमा ३३ प्रतिशत महिला अनिवार्य पुर्‍याउनु पर्ने हुँदा समानुपातिकबाट पुरुषभन्दा महिला उम्मेदवार बढी छनोट भएका छन् । थारु क्लष्टरबाट तीन महिला पर्नेछन् भने पुरुषबाट एकजनाले प्रतिनिधि सभा सदस्य हुने अवसर प्राप्त गर्नेछन् ।

खस आर्यबाट १७, जनजातिबाट १६, मधेसीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिमबाट ३ जना निर्वाचितको सूची रास्वपाले निर्वाचन आयोगलाई बुझाउने भएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *