रास्वपाबाट मात्रै ९ जना थारू सांसद निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकतर्फ बन्दसूचीमा रहेका ४ जना थारूहरू सांसद बनेका छन्। रास्वपाले निर्वाचन आयोगमा बुझाएको नामावलीमा थारु कलस्टरबाट चार जना थारुहरु परेका हुन्। जसमा महिलाबाट कञ्चनपुरकी गीता चौधरी र कैलालीकी करिष्मा कठरिया र पुरुषतर्फ दाङका सुरेन्द्र चौधरी र सुनसरीका प्रेमलाल चौधरी रहेका छन्।

योसँगै रास्वपामा मात्रै ९ जना थारुहरू सांसदमा निर्वाचित भएका छन्। यसअघि प्रत्यक्षतर्फ ५ जना थारुहरु निर्वाचित भएका थिए। जसमा सुनसरी ३ बाट अशोक चौधरी, सप्तरी १ बाट पुष्पा चौधरी, सप्तरी ३ बाट अमरकान्त चौधरी, बाँके १ बाट सुरेश चौधरी र बर्दिया १ बाट ठाकुर सिंह थारू निर्वाचित भएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *