बालेन क्याबिनेटमा को बन्लान् थारू मन्त्री?
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्री पदमा सपथ लिँदैछन्। बिहीबार सभापति रवि लामिछाने, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेसँगको छलफलमा चैत १३ गते प्रधानमन्त्रीको सपथ लिने टुंगो लागेको हो।
त्यसअघि चैत १२ गते नवनिर्वाचित सांसदहरूलाई संसद सचिवालयले सपथ ग्रहण गराउँदैछ। सपथलगत्तै रास्वपाको केन्द्रीय कार्यसमिति बैठक बसेर बालेनलाई संसदीय दलको नेता बनाउने बाटो खोल्नेछ।
बालेनले प्रधानमन्त्रीको सपथ लिने तयारी गर्दैगर्दा थारुबाट को मन्त्री बन्ने चर्चासमेत चल्न थालेको छ। रास्वपाका केन्द्रीय सदस्यसमेत रहेका लक्ष्मण थारु र सांसद सुरेन्द्र चौधरीसहितका थारु नेताहरु मन्त्रीको टुंगो लगाउने गृहकार्य गरिरहेका छन्।
बालेनले मन्त्रिपरिषद् समावेशी बनाउने भने पनि थारुबाट को मन्त्री बन्ने भन्ने टुंगो लागेको छैन। बालेनले बढीमा १८ सदस्यीय मात्र मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका कारण थारुबाट कोही मन्त्री पाउने कि नपाउने विषय पनि चर्चामा छ। यद्यपि थारु सांसदहरूले एक जनालाई जसरी पनि मन्त्री बनाउनुपर्ने दबाब बढाएका छन्। रास्वपामा ९ जना थारु सांसदहरू छन्। जसमा ५ जना प्रत्यक्षबाट र ४ जना समानुपातिकबाट निर्वाचित भएका हुन्।
Facebook Comment