थारु विद्यार्थी समाजले नवनिर्वाचित थारु सांसदहरूलाई सम्मान गर्ने

थारु विद्यार्थी समाजले नवनिर्वाचित थारु सांसदहरूलाई सम्मान गर्ने भएको छ। समाजको केन्द्रीय कार्यसमितिले फागुन २१ को निर्वाचनमा निर्वाचित १२ जना थारू सांसदहरूलाई सम्मान गर्न लागेको हो।

समाजका अध्यक्ष विमल चौधरीका अनुसार चैत १४ गते शनिबार थारु सांसदहरूलाई सम्मान गर्न लागिएको हो। थारु समुदायका माग मुद्दाका विषय संसदमा उठाउन थारु सांसदहरूलाई ध्यानाकर्षण पनि गराइने समाजले बताएको छ। कार्यक्रम अनामनगरस्थित तमुबौद्ध सेवा समितिको हलमा आयोजना हुने छ।

फागुन २१ को निर्वाचनमा रास्वपाबाट ९ जना र कांग्रेस, एमाले र नेकपाबाट एक एक जना थारु सांसद निर्वाचित भएका छन्। निर्वाचित हुनेमा प्रेमलाल चौधरी, प्रमिला गच्छदार अशोक चौधरी, पुष्पा चौधरी, अमरकान्त चौधरी, सुरेन्द्र चौधरी, सुरेश चौधरी, ठाकुरसिंह थारु, करिश्मा कठरिया, कृपाराम राना, गीता चौधरी र निराशा चौधरी छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *