डुबानको त्रासबाट नागरिकलाई मुक्ति दिलाउन सांसद चौधरीको माग
वर्षा अगावै डुबानको त्रासबाट नागरिकलाई मुक्ति दिलाउने गरी काम गर्न सरकारको ध्यानाकर्षण गरिएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशोककुमार चौधरीले यस्तो माग गरेका छन् ।
आफ्नो निर्वाचन क्षेत्रमा पर्ने टेग्रा खोला र किसिला खोलाको डुबानले हरेक वर्ष जनधनको क्षति पुर्याउँदै आएको उनले बताए । ‘स्थानीय बासिन्दा बर्सेनि त्रास र असुरक्षाबिच जीवनयापन गर्न बाध्य छन्’, उनले भने ।
सुनसरीका नागरिकलाई बर्सेनि दोहोरिने डुबानबाट मुक्ति दिलाउन प्राविधिक अध्ययन गरी वैज्ञानिक रूपमा समस्या समाधान गर्नेतिर ध्यान दिन उनले सरकारलाई आग्रह गरे ।
Facebook Comment