तरकारी बजारमा मन्त्री गीता चौधरी पुगेपछि…

मन्त्री चौधरीले अव्यवस्थित बन्दै गएको कालीमाटी फलफूल तथा तरकारी बजारको बिहीबार स्थलगत निरीक्षण गरेकी छन्। बजार व्यवस्थापनमा कमजोरीबारे गुनासो आएपछि उनले बिहानै बजार पुगेर अनुगमन गरिन्। बजार अनुगमनका क्रममा इजाजतपत्र लिएका व्यवसायीको नाममा अन्य व्यक्तिले भाडामा लिएर पसल सञ्चालन गरेको पाइएको थियो।

विषादी परीक्षण नभई तरकारी उपभोक्तासम्म पुग्ने गरेको, बिलविजकमा अनियमितता, इजाजतपत्र नवीकरण नगरेका पसल सञ्चालनमा रहेको जस्ता समस्या भेटिएपछि उनले कारबाही गर्ने चेतावनी दिएकी हुन्। मन्त्री चौधरीले बजार व्यवस्थापनमा देखिएका अनियमितता तुरुन्त सुधार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी थिइन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *