प्रधानमन्त्री बालेनको सम्पत्ति : नगदमात्रै १ करोड ४६ लाख
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। काठमाडौंको गैरीगाउँमा स्थायी ठेगना रहेको प्रधानमन्त्री शाहसँग विभिन्न बैंकमा एक करोड बढी मौजदात रहेको छ।
सार्वजनिक गरिएको विवरण अनुसार प्रधानमन्त्री बालेनसँग एक करोड ४५ लाख नगद रहेको छ। उक्त रकम फेसबुक, युट्युब, टिकटक, स्पोटीफाइबाट आर्जन गरिएको उल्लेख गरेका छन्।
त्यस्तै प्रधानमन्त्री शाहसँग १९० तोला पैतृक गरगहना रहेको छ। त्यस्तै बुबाको नाममा महोत्तरीमा ९ विघा जग्गा रहेको विवरणमा उल्लेख छ। त्यस्तै काठमाडौंमा ९ आना र धनुषामा १ विघा २ कठ्ठा जग्गा रहेको विवरणमा उल्लेख छ।
Facebook Comment