सुनसरीमा डुबेर ६ वर्षीय प्रनिक चौधरी र ९ वर्षीय विकास चौधरीको मृत्यु

रामधुनी नगरपालिका–६ सेउती खोला किनारमा खेल्ने क्रममा डुबेर बुधबार दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ढेडिगाउँका ६ वर्षीय प्रनिक चौधरी र नौ वर्षीय विकास चौधरी रहेका प्रहरी उपरीक्षक केशवकुमार थेबेले जानकारी दिए ।

खोला किनारमा खेल्ने क्रममा खाल्डोमा जमेको पानीमा डुबेका दुवै जनाको उपचारका क्रममा मृत्यु भएको उनले बताए । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *