व्यक्तिगत आयकरको सीमा बढ्यो, १० लाखसम्म एक प्रतिशत कर लाग्ने
सरकारले करमा व्यापक हेरफेर गरेको छ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले व्यक्तिगत आयकरमा १० लाखसम्म छुट दिने घोषणा गरेका हुन्। अब १० लाखसम्म व्यक्तिगत आयमा एक प्रतिशत मात्रै कर लाग्ने छ। यसअघि त्यो सीमा ५ लाखको थियो।
त्यस्तै सरकारले मूल्य अभिवृद्धिकर फिर्ता गर्ने प्रणाली स्वचालित बनाउने भएको छ। शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यसबारे जानकारी दिएका हुन्। त्यस्तै सरकारले सूचीकृति कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीकर लाभकर अन्तिम हुने व्यवस्था गरेको छ।
एनआरएनलाई धितोपत्रमा लगानी गर्न आवश्यक कानुन परिमार्जन गरिने अर्थमन्त्री वाग्लेले बताए।
Facebook Comment