रास्वपामा २ प्रतिशत सदस्य थारू समुदायका
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सातै प्रदेशका नेता कार्यकर्ताको संख्या ५ लाख नाघेको छ । पार्टीको चितवनमा जारी महाधिवेशनमा सार्वजनिक गरिएको तथ्यांकअनुसार ५ लाख २३ हजार ४ सय ६५ जना सदस्य रहेका छन्, जसमा सबैभन्दा ठूलो हिस्सा खसआर्यको छ ।
खसआर्यको एकल ४१ प्रतिशत हुँदा सबैभन्दा कममा थारू २ प्रतिशत र मुस्लिम २.५ प्रतिशत देखिएको छ । यस्तै, दलितको ९.७ प्रतिशत छ भने आदिवासी जनजातिको १७.३ प्रतिशत हिस्सा देखिएको छ भने मधेशीको १८ प्रतिशत । थाहा नभएको संख्या ९.६ प्रतिशत देखिएको छ ।
Facebook Comment