प्रदीपकुमार चौधरीको डेब्यू निर्देशकीय फिल्म ‘तरंग’ मंसिर १८ गतेदेखि प्रदर्शन हुँदै

दुई दशकदेखि रङ्गमञ्चमा लेखन, निर्देशन तथा अभिनयमा सकृय कलाकार प्रदीपकुमार चौधरी ‘पिके डन’ को डेब्यू निर्देशकीय फिल्म ‘तरंग’को प्रदर्शन मिति तय गरिएको छ । निर्माण टिमले शुक्रबार एक पोस्टर सार्वजनिक गर्दै फिल्म आगामी मंसिर १८ गतेबाट सार्वजनिक प्रदर्शनमा ल्याउने घोषणा गरेको हो ।

देवदत क्रियशनको ब्यानरमा निर्माण भएको चलचित्रलाई श्रीराम बालाजी फिल्मको लागि सुनिल मानन्धरले वितरण गर्दैछन् । सार्वजनिक पोस्टरमा प्रमुख कलाकारहरू वरुण अधिकारी, रविना केसी, बारात लिम्बु र कृष्ण थापा फिचर्ड छन् । यो फिल्ममा सारा राई, उज्जल बान्तवा राई, उदय सुब्बा, कुन्दन थारू, उत्तम गुरुङ, जोहन सञ्जोग, विशाल सेनेहाङ्ग र बाल कलाकार प्रन्शु चौधरी प्रमुख अभिनयमा छन् ।

तर्कराज जोशी र जितेन्द्रकुमार चौधरी निर्माता रहेको फिल्मका कार्यकारी निर्माता हरिनारायण चौधरी हुन् । महेश पौडेलले छायांकन गरेको फिल्ममा सन्देश शाहको सम्पादन, सम्राट बस्नेतको एक्सन, मनोज थापामगर, पवन गिरी र मनोज महतोको संगीत समावेश छ । भने फिल्मका गीतहरूमा सुगम पोखरेल, मेलिना राई, पवन गिरी, मनोज महतो, मनोज थापा मगरले स्वर भरेका छन् । पाश्र्व ध्वनी मनिष निरौलाको छ ।

मोरङ, सुनसरी, पाल्पा, रुपन्देही, चितवन र कास्कीमा छायांकन गरिएको फिल्मलाई निर्देशक चौधरीले सुपर नेचुरल लभस्टोरी (अलौकिक प्रेम कथा)को संगम भनेका छन् । समाजमा देखिँदै आएको भोग्दै आएको भन्दा भिन्न प्रकृतिको प्रेमकथामा फिल्म तयार भएको उनको भनाइ छ । यो फिल्मको निर्माणमा देवदत क्रियशनसँग एवी फिल्मीले सहकार्य गरेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *