पर्साको जिल्ला अधिवेशन सम्पन्न, पुनम चौधरी अध्यक्षमा निर्वाचित

थारु पत्रकार संघ पर्साको जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट पुनम चौधरीको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा एन्जल चौधरी र पुरुष उपाध्यक्षमा रामकिशोर चौधरी चयन भएका छन्। त्यसैगरी सचिवमा अर्जुन चौधरी, सहसचिवमा अजय पञ्जियार तथा कोषाध्यक्षमा सञ्जय दास थारु निर्वाचित भएका छन्।

अधिवेशनको अध्यक्षता शम्भु महतो थारुले गरेका थिए भने प्रमुख अतिथिका रूपमा शान्तकुमार चौधरी सहभागी थिए। कार्यक्रममा विशिष्ट अतिथि सन्तोष दहित रहेका थिए। त्यसैगरी दुष्यन्त चौधरी, परमानन्द चौधरी, शेखर चौधरी, ओमप्रकाश चौधरीलगायत अतिथि तथा संघका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले थारु समुदायका पत्रकारहरूको क्षमता अभिवृद्धि, पेशागत एकता तथा पत्रकारितामार्फत समुदायका आवाजलाई सशक्त रूपमा उठाउन संघको भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।

नवनिर्वाचित अध्यक्ष पुनम चौधरीसहित नयाँ कार्यसमितिले थारु पत्रकार संघ पर्सालाई थप सशक्त, सक्रिय र व्यवस्थित बनाउँदै संस्थालाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *