१० लाखमा लुम्बिनीमा बिक्री भए किशोर महतो, को हुन् उनी?
नेपाल प्रिमियर लिग(एनपीएल) तेस्रो सिजनमा किशोर महतो लुम्बिनी लायन्समा अनुबन्ध भएका छन्। उनलाई लुम्बिनी लायन्स र विराटनगर किंग्सले अधिकतम मूल्य १० लाखमा बोली लगाएका थिए।
उनी लक्की ड्रबाट लुम्बिनी लायन्समा अनुबन्ध भएका हुन्। उनी यसअघि जनकपुर बोल्ट्समा खेलेका थिए। पहिलो सिजन जनकपुरलाई उपाधि दिलाउन उनले बलिङमा मुख्य भूमिका खेलेका थिए। तर, दोस्रो सिजनमा भने उनी खासै चल्न सकेनन्। धेरैजसो उनी टिममै परेनन्।
को हुन् किशोर महतो?
किशोर महतोलाई नेपाली फास्ट बलिङमा विकल्पको रुपमा हेरिएको थियो । उनेर समूहबाट उदाएका किशोरले विस्तारै आफ्नो प्रदर्शनलाई परिपक्क बनाउँदै लगेका थिए । किशोरसँग पेस बलरका लागि चाहिने उचाई छ । उनी ५ फिट ११ इन्च अग्ला छन् ।
उमेर समूहमा आफूसँगै खेलेका अधिकांश खेलाडीले राष्ट्रिय टिममा डेब्यु गर्दै लगायत सिनियर टिममा खेल्दा किशोरले भने धेरै मौका पाएनन् । फास्ट बलिङमा सोमपाल कामी र करण केसीको वर्चस्व रहेका बेला धेरै पेस बलर आएपनि टिममा निरन्तरता पाउन सकेनन् ।
किशोरले राम्रो सम्भावना देखाएपनि उनले फक्रने अवसर पाएनन् । त्यसैले उनी सम्भावनाको खोजीमा विदेशिन बाध्य भए । राष्ट्रिय टिममा अवसर नपाएपछि उनी २०८० साल असोजमा अष्ट्रेलिया लागे ।
२०७६ फागुनमा एसीसी इस्ट्रन रिजन टी-२० का लागि पहिलोपल्ट सिनियर टिममा परे पनि डेब्यु गर्न पाएनन् । समकालीन साथीहरूको तुलनामा पछि परे पनि एकदिव पक्कै समय आउनेछ भनेर उनले आफूलाई तयार राखिरहे । उनलाई थाहा थियो, ‘कुनै दिन अवसर आउनेछ ।’ उनले सिनियर टिमबाट डेब्यु गर्ने अवसर पनि पाए । तर त्यसमा निरन्तरता भएन ।
किशोरले २०७९ साल साउनमा क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्ड विरुद्ध उसैको मैदानमा डेब्यु गरेका थिए । त्यसपछि उनले गत वर्ष वानडे विश्वकप छनोटमा थप एक ओडिआई खेल्ने अवसर पाए ।
नेपालका अधिकांश खेलाडीको क्रिकेट फाउण्डेसनको सुरुवात भारतबाटै हुन्छ । किशोर पनि त्यसमा अछुतो छैनन् ।
नवलपुर कावासोतीका २४ वर्षीय किशोरले भारतबाटै क्रिकेटको आधारभूत ज्ञान लिएका थिए । मजदुरी गर्ने आमा बुबा सँगै किशोर पनि भारत गएका थिए । सानो क्लबमा सनियर दाईहरुले क्रिकेट सिकाउदा किशोर पनि रमाइलोका लागि खेल्थे ।
भारतमा गल्ली क्रिकेट खेल्ने किशोर आमाबुबासँगै नेपाल फर्किँदा १५ वर्षका थिए । बुबाको प्रयासमा उनी चितवन क्रिकेट एकेडेमीमा भर्ना भए र उनको वास्तविक करिअर सुरु भयो । नेपालका पूर्व कप्तान राजु खड्कासँग उनले चितवन क्रिकेट एकेडेमीमा प्रशिक्षक लिन थालें । त्यहाँबाट धेरै कुराहरु सिक्ने अवसर पाए ।
राष्ट्रिय टोलीका पूर्व कप्तान सन्दीप लामिछाने पनि त्यही एकेडेमीका उत्पादन हुन् ।किशोर एकेडेमीमा भर्ना हुँदा दीपेश श्रेष्ठ, सुशील कँडेल, आकाश थापा जस्ता खेलाडीहरु त्यहीँ प्रशिक्षणरत थिए ।
किशोरले सन् २०१६ डिसेम्बरमा श्रींलकामा भएको यु-१९ एसिया कपका लागि आयोजित ट्यालेन्ट हन्टमा सहभागिता जनाएका थिए । तर टिममा छनोट हुन सकेनन् । राष्ट्रिय टिमको बाटो बन्द भए पनि घरेलु क्रिकेटमा पहिचान बनाउन थाले ।
सन् २०१७ मा सुरु भएको प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट किशोरले मध्यमाञ्चलबाट खेले । त्यही वर्ष एसीसी यु-१९ एसिया कप खेले । यु-१९ एसिया कप छनोटको रुपमा रहेको यस प्रतियोगितामा उनले सिंगापुरविरुद्ध डेब्यु गर्दै ६ ओभरमा ३ मेडन राख्दै २५ रन खर्चेर २ विकेट लिए ।
संघीय संरचनाअनुसार पीएम कपको दोस्रो संस्करण उनले बागमती प्रदेशबाट र तेस्रो संस्करण गण्डकी प्रदेशबाट खेले । त्यसपछि दुई संस्करण विभागीय टोली एपीएफबाट खेले ।
फ्रेञ्चाइज क्रिकेटमा एभरेष्ट्र प्रिमियर लिग, धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिग सबै खेलिसकेका छन् ।
अब मंसिर १५ देखि सुरु हुने नपाल प्रिमियर लिग खेल्न उनी नेपाल आउँदैछन् र जनकपुर बोल्ट्सबाट खेल्नेछन् । उनले यसअघि २०२२ मा भएको नेपाल टी२० लिग लुम्बिनी अल स्टार्सबाट खेलेका थिए । जहाँ उनको टिम च्याम्पियन बनेको थियो ।
किशोरले लिस्ट ए मार्फत नेपालक लागि डेब्यु गरेका थिए । २०७९ बैशाखमा टीयू मैदानमा भएको जिम्बाबे ए टिमसँगको एक दिवसीय खेलबाट उनले सिनियर टिमबाट डेब्यु गरेका थिए । टेष्ट मान्यता प्राप्त राष्ट्रको ‘ए’ टिमसँगको खेलले लिष्ट ए मान्यता पाएको थियो । त्यस अवसरलाई उनले राम्रोसँग सदुपयोग गरे ।
पहिलो पटक टेष्ट राष्ट्रको ‘ए’ टिमसँग खेलेको नेपालले तीन खेलको एक दिवसीय शृंखला २-१ ले जित्यो । त्यसमा किशोरले तेस्रो खेलमा मात्र अवसर पाए । पहिलो अवसरलाई नै गज्जबले सदुपयोग गरेका किशोरको प्रदर्शन ७-१-४३-५ रहृयो ।
३३ ओभरमा छोट्याएको खेलमा कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएपछि नेपालले ६ विकेटले खेल जित्दै शृंखला आफ्नो पक्षमा पारेको थियो ।
७ ओभरमा ४३ रन दिएर ५ विकेट लिएका किशोर प्लेअर अफ दि म्याच बने । त्यस खेलले किशोरलाई ठूलो आत्मविश्वास दिएको थियो ।
लिस्ट एमा राम्रो प्रदर्शन गरेपछि उनले सिनियर टिममा अवसर पाए ।
साढे दुई वर्षअघि नै नेपालको राष्ट्रिय टिममा परे पनि किशोरले टी-२० अन्तर्राष्ट्रिमा खेल्न पाएका थिएनन् । जिम्बावे ए टिममाथिको प्रभावशाली बलिङले उनलाई सिनियर टिममा निरन्तरता मिल्यो ।
आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिका र ओमानसँगको शृंखलाका लागि नेपालको टिममा परे पनि खेल्न पाएनन् ।
सिनियर दुई बलरको विकल्पका साथै विकेटको अवस्थाअनुसार उनलाई टिममा सामेल गराइएको थियो । स्कटल्याण्डमा भएको लिग टु शृंखलामा पनि किशोरले राष्ट्रिय टिममा निरन्तरता पाए । नामिबिया र स्कटल्याण्ड सहभागी उक्त शृखंलाको सुरुआती तीन खेल किशोरले बेञ्चमै बसेर हेरे ।
अन्तिम खेलमा स्कटल्याण्डविरुद्ध टिममा परे । उनलाई नेपालका बलिङ कन्सलट्यान्ट धम्मिका प्रसादले डेब्यु क्याप प्रदान गरे ।
किशोर आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत १ साउन २०२७९ मा ग्लास्गोमा भएको खेलमा घरेलु टोली स्कटल्याण्डविरुद्ध डेब्यु गरे । उनी ओडिआईमा नेपालका लागि खेल्ने ३४औं खेलाडी बने ।
एक दिवसीय अन्तर्राष्ट्रिय डेब्युमा भने किशोरले आफूलाई प्रमाणित गर्न सकेनन् । लामो पर्खाइपछिको अवसरमा उनी ब्याटिङतर्फ रनविहीन र बलिङतर्फ विकेटविहीन रहे । उनी ९ बल खेलेर खाता नखोली अविजित रहे । बलिङमा ३ ओभरमा १ मेडन राख्दै २१ रन खर्चिए । त्यो खेल नेपालले ८ विकेटले गुमाएको थियो ।
त्यसपछि २०२३ मा जिम्बाव्वेमा भएको वानडे विश्वकप छनोटमा उनले आयरल्याण्ड विरुद्ध खेल्दै २ विकेट लिए । नेपालको लागि त्यो नै उनको अन्तिम खेल थियो ।
Facebook Comment