भजनीका मेयर, उपमेयर र वडाध्यक्षहरू नाउपा नेपालमा प्रवेश

तत्कालीन नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भजनी नगरपालिकाका मेयर केवल चौधरी, उपमेयर राजु तिरुवा र विभिन्न वडाका वडाध्यक्षहरू नाउपा नेपालमा आबद्ध भएका छन्।

नाउपा नेपालका अध्यक्ष कबिस सोबले उनीहरूलाई पार्टीमा प्रवेश गराएका हुन्। अध्यक्ष सोबले मेयर-उमेयरको आगमनले संगठनलाई थप सुदृढ, एकताबद्ध र जनमुखी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

नाउपा नेपालले न्याय, पहिचान, अधिकार र समृद्धिको साझा अभियानमा उहाँहरूको सक्रिय सहभागिताले पार्टीलाई नयाँ ऊर्जा र थप बल प्रदान गर्ने जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *