मोटरसाइकल दुर्घटनामा सम्झना चौधरीको मृत्यु, विनोद चौधरी घाइते
कैलालीको धनगढी उपमहानगरपालिका-८ सेतो पुल नजिक गएराति करिब ११ बजे से ६ प ९७६८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मोटरसाइकलमा पछाडि सवार धनगढी ६ की २८ वर्षीय सम्झना चौधरीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा गएराति नै मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै मोटरसाइकल चालक कैलालीकै गोदावरी नगरपालिका ८ का ३६ वर्षीय विनोद चौधरी घाइते छन्। उनको कैलालीमै उपचार भइरहेको छ।
Facebook Comment