ललितपुरमा चौथो सिजनाको थारू फुटसल प्रतियोगिता हुँदै

डाइनामाइट एफसीले चौथो संस्करणको फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ। असोज ७ गतेदेखि आयोजना हुने प्रतियोगितामा सहभागी हुन साउन २८ गतेभित्र आवेदन दिइसक्नुपर्ने छ।

इमाडोलस्थित फुटसल मैदानमा हुने प्रतियोगिताका विजेताले ७७ हजार ७७७ रुपैयाँ प्राप्त गर्नेछ। त्यस्तै दोस्रो हुनेले ४४ हजार ४४४, तेस्रो हुनेले रजिस्ट्रेशन फिवापतको रकम र चौथो हुनेले विभिन्न गिफ्टहरू प्राप्त गर्नेछन्। विजेताहरूले ट्रफी र मेडलसमेत प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन ११ हजार १११ रुपैयाँ इन्ट्री शुल्क तोकिएको छ। सहभागी हुनेहरूले प्रबिनकुमार चौधरीको नम्बर ९८१६७२९५६५ मा सम्पर्क गर्न आह्वान गरिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *