काठमाडौंमा गुरही पर्व मनाइने
काठमाडौंका थारूहरूले गुरही पर्व मनाउने भएका छन्। अग्रासन थारू महिला समाजको आयोजनामा गुरही पर्व मनाउन लागिएको हो।
गुरही पर्व भब्यताका साथ मनाउनका लागि मूल आयोजक समिति गठन गरिएको छ। मूल आयोजक समितिको संयोजक अग्रासन थारू महिला समाज रहेको छ। त्यस्तै उपसंयोजकमा न्यौछार समूह, सदस्य सचिवमा अन्जु चौधरी, सदस्यमा निसराउ ग्रुप, चम्पन सांस्कृतिक समूह, बर्दियाली थारू विकास मञ्च, राष्ट्रिय थारू कलाकार मञ्च, थारू उद्यमी तथा व्यवसायी संघ, सखी बचत समूह, थारू युनिक बचत समूह, सर्वहित समाज नेपाल र थारू विद्यार्थी समाज रहेको छ।
गुरही पर्व भब्य रूपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरू पनि गठन गरिएको छ। ती समूहरूले आ-आफ्नो काम गरिरहेको आयोजकले जनाएको छ। यो समूहले विगत केही वर्षदेखि काठमाडौंमा थारू सांस्कृतिक पर्वहरू मनाउँदै आएको छ।
Facebook Comment