प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्यमा कृष्णराज चौधरी नियुक्त

नेपाल प्रज्ञा प्रतिष्ठानको कूलपतिमा कुमार नगरकोटी नियुक्त भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले साउन २० गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिसका आधारमा नगरकोटीलाई कूलपतिमा नियुक्त गरेका हुन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरू नियुक्त गरिएको हो।

नेपाल प्रज्ञा प्रतिष्ठानको उपकूलपतिमा पर्वतका अविनाश श्रेष्ठ र सदस्य-सचिवमा रुपन्देहीका रोशन शेरचन नियुक्त भएका छन्। परिषद् सदस्यमा काठमाडौंकी प्रतिसरा मानन्धर, दाङका कृष्णराज चौधरी, तेह्रथुमकी सीता सुब्बा, कास्कीका तीर्थबहादुर गुरुङ, सिराहाकी रूपा कुमारी, दाङका नवीन नेपाली, काभ्रेका दीपक सापकोटा र सुर्खेतका दुर्गा बहादुर घर्ती नियुक्त भएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *