म करुणा र भावनायुक्त मान्छे, गिरिजा दाइको क्षेत्र अलग हुँदा आँशु बगेको थियो : विजय गच्छदार
नेपाली कांग्रेसका पूर्वउपसभापति विजयकुमार गच्छदारले सभापति गगन थापाले मुखले करुणाको कुरा गरे पनि व्यवहारमा करुणा नरहेको टिप्पणी गरेका छन्। कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा बोल्दै उनले यस्तो बताएका हुन्।
पार्टी विभाजनको अवस्थामा पुगेको बताउँदै नेता गच्छदारले आफू दुविधामा रहेको बताए। ‘साउन ६ गते म बडो दुविधामा थिएँ। ३१ गते दुविधामा गएको विराटनगर भाषण गर्न,’ गच्छदारले भने, ‘म दुविधामा छु। किनभने म पार्टी एकता चाहने मान्छे हुँ। म कुनै गुटमा छैन।’
आफू विगतमा गुटमा रहँदा पार्टी विभाजन देखेको उनले बताए। ‘म गुटमा सामेल हुँदाहुँदा, पार्टी विभाजन आफ्नै आँखा अगाडि विभाजन देखेको र पीडा भोगेको छु,’ गच्छदारले भने।
आफू करुणा र भावनायुक्त मानिस भएको पनि उनले बताए। उनले भने, ‘गिरिजा दाइको क्षेत्र अलग हुँदा आँसु बगेको थियो। अहिले कांग्रेस करुणाहीन बनेको छ।’
Facebook Comment