माछा मार्न करेन्ट थापेका सञ्जय चौधरी सोही धरापमा परी ज्यान गुमाए

झापास्थित बीएण्डसी मेडिकल कलेजमा कार्यरत एक कामदारको करेन्ट लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा बारा जिल्ला करैयामाई गाउँपालिका–८ निवासी २५ वर्षीय सञ्जय चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार बिहीबार दिउँसो ३:३० बजे मेचीनगर नगरपालिका–१२ धाइजन चोकस्थित बीएण्डसी मेडिकल कलेज (चारआली) मा कार्यरत चौधरीले कलेजबाट बिजुलीको तार तानेर नजिकैको झिलिमिले नहरमा माछा मार्न खोज्दा उनलाई करेन्ट लागेको थियो।

घाइते चौधरीलाई उपचारका लागि बीएण्डसी अस्पताल लगिएकामा उपचारका क्रममा साँझ ६:३० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय धुलाबारीले आवश्यक अनुसन्धान गरिरहेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *