गरिमा चौधरीका आमा-बुबाको अपील- न्यायको अनुभूति गर्न सकेनौं
गरिमका बुबा मनोज चौधरीले आफूहरू न्यायाको पर्खाइमा रहेको बताएका छन्। केही दिनअघि सिमरास्थित उनको घरमा कुराकानीका क्रममा उनले यस्तो बताएका हुन्। उनले रसुवा बाढीपछि भएको प्राकृतिक विपत्तिलाई आफूले बुझेको र सरकारले पनि आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन गर्न ढिलाइ गर्न नहुने बताए।
‘विपत्ति बेला हो यो। मैले बुझेको छु। तर, सरकारले अब हामीसँग गरेको सम्झौताको कार्यान्वयन गर्नुपर्छ। नयाँ कानुन बनाएर दोषीलाई कडाभन्दा कडा सजाय तोकिनुपर्छ,’ उनले भने।
सरकारसँग कुनै रकम नलिएको र त्यसखालको सम्झौता पनि नगरेको उनको भनाइ छ। तर, सामाजिक सञ्जालमा पैसा लिएकोबारे भ्रम सिर्जना गरिएकोप्रति उनले दुखेसो पोखे। उनले आफ्नी छोरीको न्यायभन्दा ठूलो आफ्ना लागि केही नभएको बताए।
बिहीबार जिल्ला अदालत बाराले प्रोग्रेस चौधरीलाई धरौटी र अन्यलाई साधारण तारेखमा रिहा गर्न आदेश सुनाएको थियो। त्यसअघि नै मुख्य आरोपी भनिएका दुई नाबालकलाई सुधार गृहमा पठाउन अदालतले आदेश दिएको थियो।
भिडियो हेर्नुस्:
Facebook Comment