बालेन-रविको पछिल्लो सम्बन्ध कस्तो छ? रास्वपा सहप्रवक्ता सुरेन्द्र चौधरी दिए जवाफ (भिडियो)

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहप्रवक्ता तथा सांसद सुरेन्द्र चौधरीले आईजीपी फेरबदलको विषयलाई लिएर पार्टीभित्र कुनै विवाद नरहेको बताएका छन्। सांसद चौधरीले सरकारको निर्णयलाई लिएर पार्टीभित्र मतभेद रहेको भन्ने प्रचारमा सत्यता नभएको दाबी गरे। उनले पार्टी एकढिक्का रहेको स्पष्ट पारे।

सरकार प्रमुखले आफू मातहतका निकायका प्रमुखहरूलाई आवश्यकताअनुसार फेरबदल गर्न सक्ने अधिकार रहेको उल्लेख गर्दै यसलाई अनावश्यक रूपमा विवादित बनाउन नहुने उनको भनाइ थियो।

‘सरकार प्रमुखले आफू मातहतका कुनै पनि निकायका प्रमुखले आफूलाई विश्वास दिलाएन भने सरुवा गर्न सक्छ,’ चौधरीले भने। सभापति रवि लामिछानेको भनाइ उद्धृत गर्दै उनले आईजीपी फेरबदलका लागि पार्टीले कुनै निर्देशन नदिने स्पष्ट पारे। बाहिर प्रचार भएजस्तो पार्टीभित्र कुनै मतभेद नरहेको र सबै एकढिक्का रहेको उनको दाबी थियो।

सांसद चौधरीले न्यायालयमा विकृति रहेको विषयलाई पनि घुमाउरो शैलीमा स्वीकार गरे। न्यायालयप्रतिको जनविश्वास र त्यसको कार्यशैलीमाथि प्रश्न उठाउँदै उनले जेनजी आन्दोलनका क्रममा अदालतमा भएको आगजनीलाई न्यायालयभित्रको विकृतिसँग जोडेर टिप्पणी गरे। ‘अदालत जस्तो अदालत नभएकै कारण जेनजी विद्रोहमा जलेको हो,’ उनले भने, ‘न्यायालयको यस्तै विकृतिका कारण जल्यो।’

भिडियो हेर्नुस्:




Leave a Reply

Your email address will not be published. Required fields are marked *