विश्व

बसभित्रै सामूहिक बलात्कार

एजेन्सी- भारतको दिल्लीस्थित वसन्त विहार क्षेत्रमा एउटा गुड्दै गरेको बसभित्र एक युवती बलात्कृत भएकी छिन्। गएराति भएको यो घटनामा पीडित युवती मेडिकल विद्यार्थी रहेको भारतीय मिडियाले जनाएका छन्। बलात्कारपछि उनलाई नाङ्गै बनाएर सडकमा फ्याँकिएको थियो। सफदरजंग अस्पतालमा उनी र उनका साथीको उपचार भइरहेको छ। उनीहरुको अवस्था चिन्ताजनक रहेको छ।

थारूवान

काठमाडौं- कतारको राजधानी दोहामा हालै सम्पन्न जलवायु परिवर्तनसम्बन्धी पक्षराष्ट्रहरुको १८औं कोप सम्मेलन अपेक्षाअनुरुप सन्तोषजनक भएको बताइएको छ। नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको कोप–१८ दोहा सम्मेलनमा भएका निर्णयहरुसम्बन्धी सञ्चार माध्यमसँगको अन्तर्क्रियाका वक्ताहरुले सम्मेलनमा नेपालको पूर्ण तयारी र समन्वयकारी सहभागिताले पनि विगतको भन्दा उपलब्धिमूलक भएको बताए।

थारूवान

एजेन्सी – एक युवकले अमेरिकाको न्युटाउनस्थित एक स्कुलमा जथाभावी गोली चलाउँदा २० स्कुले केटाकेटीसहित २७ जनाको मृत्यु भएको छ। दुई सेमी अटोमेटिक पेस्तोल चलाएर २६ जनाको ज्यान लिएपछि युवकले आफूलाई पनि गोली ठोकेका थिए। प्रहरीले गोली चलाउने २० वर्षीय एडम लेन्ज रहेको जनाएको छ। उनले स्यान्डी हुक इलिमेन्टरी स्कुलमा गोली...

थारूवान

एजेन्सी- अमेरिकी अन्तरीक्ष अनुसन्धान केन्द्र (नासा) ले आफ्नो बेबसाइटमा राखेको तस्वीर सच्याएको छ । सगरमाथा भन्दै राखिएको तस्वीर भारतीय एक हिमाल भएको पाइएपछि सर्वत्र बिरोध भएको थियो। नेपालसहित विश्वभरका सञ्चारमाध्यमले उक्त तस्वीर सगरमाथाको नभएर भारतको काश्मिर क्षेत्रको सासेर मुस्तागको भएको औंल्याएपछि बिहीबार नासाले उक्त तस्वीर सच्याएको हो।

थारूवान

ओस्लो, एजेन्सी)– युरोपेली महासङ्घ (इयू) लाई आज नोवेल शान्ति पुरस्कार औपचारिक रुपमा हस्तान्तरण गरिएको छ। करिब ६ दशकपछि पहिलो पटक आर्थिक मन्दीको चरम सङ्कट भोगिरहेको सो संस्थालाई सन् २०१२ को नोवेल शान्ति पुरस्कार प्रदान गरिएको निर्णय यसअघि नै घोषणा गरिएको थियो।

थारूवान

वासिङटन, एजेन्सी– चिकित्सा क्षेत्रमा सेक्स चेन्ज अर्थात लिंग परिवर्तनले अहिले पनि समाजमा बहस निम्त्याउने गरेको भए पनि विश्वमा पहिलो लिंग परिवर्तन भएको ६० वर्ष पुगेको छ। विश्वमा नै सफल लिंग परिवर्तन भएको वर्ष सन् १९५२ मा शल्यक्रियाका साथै हर्मोन थेरापी समेत गरिएको थियो। त्यसबेला एक अमेरिकाली अखबारले लिंग परिवर्तनको पहिलो...

थारूवान

एजेन्सी- जापानको उत्तरपूर्वी भेगमा ७.३ म्यागनिच्यूडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण सुनामी आउने चेतावनी दिइएको एजेन्सीहरुले बताएको छ। राजधानी टोकियोबाट ४ सय ९२ किलोमिटर उत्तरपूर्वमा रहेको कामिआशीमा केन्द्र बिन्दु बनाइ भूकम्प गएको अमेरिकी भूगर्भ मापन विभागले जनाएको छ। 

थारूवान

लन्डन,  एएफपी– बेलायतका राजकुमार प्रिन्स विलियमकी पत्नी राजकुमारी क्याथरिन गर्भवती भएकी छिन्। बेलायतको औपचारिक राजप्रासाद सेन्ट जेम्स प्यालेसले सोमबार राजपरिवारको उत्तराधिकारीका पाउने समाचार दिएको हो। बेलायतकी महारानी एलिजाबेथ दोस्रोपछि प्रिन्स चार्ल्सका जेठा छोरा राजकुमार विलियम र ह्यारीपछि राजगद्दीको उत्तराधिकार चौथो पुस्तामा जानेछ।

थारूवान

एएफपी– छ महिना मुनिका शिशुलाई एन्टिबायोटिक औषधी सेवन गराउँदा पछि ती शिशु धेरै मोटा हुनसक्ने एक अध्ययनले देखाएको छ। अमेरिकाको न्युयोर्क विश्वविद्यालयको स्कुल अफ मेडिसिनका लियोनार्डो ट्रासन्डका अनुसार अत्यधिक मोटाउनुको कारण अस्वस्थ खानेकुरा र शारीरिक व्यायाम नगर्नुलाई मान्ने गरिन्छ। उनको भनाइमा अहिले भइरहेका अनुसन्धानले भने अत्यधिक मोटाउनुका कारण निकै...

थारूवान

एजेन्सी- उत्तरी म्यानमारमा गएको भूकम्पमा परी १२ जनाको निधन भएको छ। स्थानीय मिडियाले भूकम्पका कारण पुलहरु भत्केको तथा पुराना घरहरु ध्वस्त भएको जनाएका छन्। भूकम्पको केन्द्र नजिक रहेको दोस्रो ठूलो सहर मण्डल्यमा भने ठूलो क्षति भएको छैन। सीवीएसन्युजका अनुसार भूकम्पमा परी १२ जनाको मृत्यु भएको छ।

थारूवान