समाचार

अन्ततः जसपा फुट्ने, ठाकुर र यादव पक्षबीच कुरा मिलेन

जनता समाजवादी पार्टी (जसपा) नेपालको वैधानिकताको विवाद अन्ततः कानुनअनुसार अगाडि बढ्ने भएको छ। निर्वाचन आयोगले छलफलका लागि मंगलबार दुवै पक्षलाई डाकेको थियो। निर्वाचन आयोगमा निवेदकको पक्षबाट उपेन्द्र यादव, महेन्द्र राय, राजेन्द्र श्रेष्ठ, प्रकाश अधिकारी र मृगेन्द्र सिंह उपस्थित थिए।

थारूवान

नेपाली कांग्रेसले आसन्न १४औं महाधिवेशनको तीव्र तयारीमा जुटेको छ। भदौ १६ देखि १९ सम्म हुने महाधिवेशनका लागि पार्टीको वडादेखि केन्द्रीय तहसम्मको कार्यतालिका केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गरिसकेको छ।

थारूवान

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतले असार २८ गते फैसला सुनाउने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित पाँच न्यायाधीश रहेको संवैधानिक इजलासले असार २८ गते फैसला गर्ने भएको हो।

थारुवान संबाददाता

र्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका तयार पारेको छ। एक अधिकारीका अनुसार सोमबार दल दर्ताका लागि आह्वानसहित निर्वाचन कार्यक्रम सार्वजनिक हुनेछ। जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा भंग भएपछि सरकारले कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचन घोषणा गरेको थियो।

थारूवान

जिल्लाको टीकापुर नगरपालिकाको नवौं नगरसभा आज फेरि पनि स्थगित भएको छ। वडा विभाजनको प्रस्तावमा नागरिकस्तरबाट तीब्र असन्तुष्टी भएपछि नगरसभा स्थगित हुँदै आएको छ। शनिबार हुने भनिएको नगरसभा असार २५ गते १ बजेसम्मका लागि स्थगित भएको प्रवक्ता दीर्घ ठकुल्लाले जानकारी दिए।

थारूवान

जिल्ला प्रशासन कार्यालय काठमाडौंले निजी तथा सार्वजनिक सवारी सधानमा लगाएको जोरबिजोर प्रणाली हटाएको छ। सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने गरी स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न भनिएको छ।

थारुवान संबाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै बेला आन्दोलनमा जानुपर्ने परिस्थिति आउने भन्दै तयारी अवस्थामा बस्न निर्देशन दिएका छन्। बालुवाटारमा शुक्रबार सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकको समापन गर्दै प्रधानमन्त्री ओलीले पार्टी विरुद्ध अरु मोर्चा बनाएर लागेकाले आफूहरु पनि तयारी अबस्थामा बस्नुपर्ने बताए।

थारुवान संबाददाता

नेपाल भलिबल संघले एसियन गेम्सका लागि बन्द प्रशिक्षणमा रहेका २७ बाट १८ खेलाडीलाई छनोट गरेको छ। नौ खेलाडीलाई बाहिर राख्दै संघले १८ जनालाई छनोट गरेको हो। अब संघले अन्तिम १८ बाट १४ जनालाई टिममा स्थान दिनेछ।

थारुवान संबाददाता

थारु आयोगले निजामती सेवामा समावेशी सिद्धान्तका आधारमा थारु समुदायलाई कोटा छुट्याउन सरकारलाई पुनः सिफारिस गरेको छ। राज्य व्यवस्था समितिले निजामती सेवामा आरक्षणको ५० प्रतिशतलाई शतप्रतिशत मानेर थारु समुदायको आरक्षण ५ बनाएपिछि २५ चैतमा थारु आयोगले सरकार र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस पठाएको थियो।

थारूवान

जापानमा हुन गइरहेको टोकियो ओलम्पिकमा नेपालबाट एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्ने भएकी छन् । यसअघि म्याराथनमा गोपीचन्द्र पार्कीले प्रतिस्पर्धा गर्ने पक्का भए पनि अन्तिम समयमा धेरै सहभागी भएकाले उनको सट्टा सरस्वतीले प्रतिस्पर्धा गर्ने नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।

थारूवान