समाचार

दसैंका लागि आजदेखि सुकिला नोट सटही गर्न पाइने

यस वर्ष दसैं, तिहार र छठका लागि आजदेखि राष्ट्र बैंकले सर्वसाधारणका लागि सुकिला नोट सटही सुविधा दिने भएको छ। नेपाल राष्ट्र बैंकले यसअघि सूचना जारी गर्दै असोज १३ गतेदेखि २२ गतेसम्म सुकिला नोट साट्न सकिने जानकारी गराएको थियो। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र बैंकिङ विभागबाट नोट साट्न सकिनेछ।...

थारूवान

सरकारले देशभरिका विद्यालय तीन दिन बन्द गर्ने निर्णय गरेको छ। अविरल वर्षाका कारण देशभरिको जनजीवन प्रभावित पारेको भन्दै शिक्षा मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरेर तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो। मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले देशभरिका विश्वविद्यालय र विद्यालयका भवनमा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढी पहिरोको चपेटामा...

थारूवान

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार लामो समय नटिक्ने दाबी गरेका छन्। बिहीबार काठमाडौंको कीर्तिपुरमा पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलन उद्‍घाटन गर्दै कांग्रेस-एमालेबीच आन्तरिक विवाद सुरु भइसकेको भन्दै वर्तमान सरकार लामो समय नटिक्ने दाबी गरे। केही समयभित्रै कांग्रेस-एमालेको गठबन्धन...

थारूवान

सरकारले अविरल वर्षाका कारण प्राकृतिक प्रकोपमा परेको नागरिकको उद्धार र राहतमा कुनै कमी हुन नदिने निर्णय गरेको छ। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको आह्वानमा शनिबार सिंहदरबारमा बसेको आपतकालीन समन्वयात्मक बैठकले प्राकृतिक प्रकोपका घटनाप्रति दुख व्यक्त गर्दै नागरिकको उद्धार र राहतमा कुनै कमी हुन नदिने निर्णय गरेको हो। बैठकले प्राकृतिक प्रकोपबाट...

थारूवान

सरकारले अहिले चलिरहेका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा शनिबार बसेको आपतकालीन समन्वयात्मक बैठकले अहिले चलिरहेका सबै तहको परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। त्यस्तै बाढी पहिरोबाट प्रभावित सबै सडक तत्काल सञ्चालनमा ल्याउन मातहतका निकायसँग समन्वय गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री...

थारूवान

चितवनको पर्यटकीय नगरी सौराहा डुबानमा परेको छ। राप्ती नदी किनारमा रहेका रेष्टुरेण्ट र आसपासका होटल डुबानमा परेका छन्। राप्ती नदी, बढुी राप्ती, ढुङ्गे खोला र चित्रसारी पुलले सौराहा घेरिएको छ। अत्यधिक वर्षाका कारण आएको बढीले सौराहा डुबेको हो। बाढीको खतरा देखेपछि ब्यवसायीले सामान भने सुरक्षित स्थानमा सारेका थिए। करिब...

थारूवान

नेपाल र भारतबीच विभिन्न १२ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाका लागि हस्ताक्षर भएको छ। जसमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र संस्कृति क्षेत्र समावेश छन्। भारत सरकारले करिब ४७.४ करोड अनुदान सहायता गर्ने विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाल सरकारका परियोजना कार्यान्वयन निकाय र काठमाडौंस्थित भारतीय दूतावासबीच...

थारूवान

चीनले लामो समयदेखि तिब्बतमा दलाई लामाको प्रभावलाई हटाउने प्रयास गर्दै आएको छ। तिब्बतमा चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) को सिनिकाइजेशन प्रक्रियाको एक भागको रूपमा एक प्रमुख रणनीति भनेको यस क्षेत्रका विवादित क्षेत्रहरू सबैलाई आफ्नै गढ अन्तर्गत नभई धेरैलाई समेट्ने हो। तिब्बतमा प्रभावशाली नेताको रूपमा दलाई लामाको उपस्थितिलाई बदनाम गरेर मात्र...

थारूवान

निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ। आयोगले आजदेखि असोज १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो। आयोगले एक सूचना जारी गर्दै संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐनको दफा ४ अनुसार दल दर्ता आह्वान गरेको हो। दल दर्ताका लागि निवेदन दिँदा राजनीतिक...

थारूवान

जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउतले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्री हुने शासकीय व्यवस्थाको माग गरेका छन्। बुधबार वीरगन्जमा जनमत पार्टी पर्साले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै राउतले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री हुने व्यवस्था गरिएमा राजनीतिक अस्थिरता अन्त्य हुने र मुलुक समृद्धिको दिशामा अगाडि बढ्ने...

थारूवान
1 84 85 86 87 88 324