थारू समाचार

दाङ १ को टिकट लिन शान्ता र गंगाको हानथाप

दाङको क्षेत्र नं १ का लागि नेकपा एमालेबाट सचेतकसमेत रहिसकेकी शान्ता चौधरी र पूर्वसांसद गंगा सत्गौंवा थारू सिफारिस भएका छन्। केही समयअघि उनीहरुले सामाजिक सञ्जालबाट जसले टिकट पाए पनि जिताउन लागिपर्ने उल्लेख गरेकी थिइन्।

थारुवान संबाददाता

युवा नेता सीताराम थारूले समुदायको पहिचान प्रवर्द्धन गर्न बरघर रेस्टुरेन्ट खोलेको बताएका छन्। उनले पहिचानलाई युवा पुस्ताले दास्तवेजीकरण नगर्ने हो भने हराएर जाने बताए। उनले रेस्टुरेन्टको उद्देश्य फाइदामात्र नरहेको प्रस्ट्याए।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशअन्तर्गत दुई जिल्लाको उम्मेदवार टुंगो लगाएको छ। नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभाअन्तर्गत कैलालीको ५ क्षेत्र र कञ्चनपुरको ३ क्षेत्रमा उम्मेदवार टुंगो लगाएको हो।

थारुवान संबाददाता

थारू कल्याणकारिणी सभा (थाकस) कञ्चनपुरले नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सम्पन्न जिल्ला अधिवेशनबाट सानु चौधरी सभापतिमा निर्वाचित भएकी छन्। उनले रोशन चौधरीलाई पराजित गर्दै सभापति बनेकी हुन्।

थारुवान संबाददाता

कतारमा बस्ने थारू महिलाहरूले जितिया पर्व मनाएका छन्। थारू कल्याणकारिणी सभा कतार च्याप्टरको आयोजनामा शनिबार जितिया पर्वको आयोजना गरिएको सभापति श्याम चौधरीले जानकारी दिए।

थारुवान संबाददाता

नवलपुर र चितवनका थारू समुदायको यमोसा पर्व (पितृ औँसी) शनिबारदेखि सुरु भएको छ। नवलपुर र चितवनका थारू समुदायले मात्रै मनाउने यस पर्व भाद्र कृष्ण चतुर्दशी र औँसी गरी तीन दिन मनाउने प्रचलन छ।

थारुवान संबाददाता

सरकार र स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै आन्दोलरत प्राडा. गोविन्द केसीबीच १० बुँदे सहमति भएको छ। शनिबार साँझ सरकारद्वारा गठित वार्ता टोलीका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेय र डा. केसीबीच १० बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ।

थारुवान संबाददाता

नेपाली कांग्रेसका पूर्व सांसद तेजुलाल चौधरीले आफूले सतप्रतिशत टिकट पाउने दाबी गरेका छन्। शेखर समूहको खबरदारी कार्यक्रममा बोल्दै उनले सप्तरी क्षेत्र नं ४ बाट गठबन्धन दलको साझा उम्मेदवार भएको बताए।

थारुवान संबाददाता

बरघर रेस्टुरेन्ट बौद्ध टुसालमा भोलि (शनिबार) दशैं मिलन कार्यक्रम आयोजना हुने भएको छ। बर्दियाली थारू विकास मञ्चको आयोजामा ‘दस्या देवारी मिलन ओ सम्मान’ कार्यक्रमको आयोजना गरेको हो।

थारुवान संबाददाता

राष्ट्रिय समावेशी आयोगले अबको १४ वर्षपछि आरक्षण नचाहिने अध्ययन प्रतिवेदन सार्वजनिक गरेपछि चौतर्फी विरोध भइरहेको छ। संविधानमा उल्लेख समावेशीताको धर्म र मर्मलाई कुल्चेर अध्ययन प्रतिवेदन सार्वजनिक गरेकोप्रति अन्य आयोगका पदाधिकारीहरुले नै घोर निन्दा गरेका छन्।

राजकरण महतो