थारू समाचार
बर्दिया र बाँकेको दुई घटनाले संसदमा हंगामा, प्रहरीको गोलीबाट मारिएकी नविना चौधरीले न्याय पाउँलिन्?
गृहमन्त्री बालकृष्ण खाणले बर्दियामा सोमबार अवरुद्ध हुलाकी सडक खुलाउने सिलसिलामा भएको गोली प्रहारको घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको सदनलाई जानकारी गराएका छन्।
थारुवान संबाददातागृहमन्त्री बालकृष्ण खाणले बर्दियामा भीड नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर एक महिलाको मृत्यु भएपछि त्यस घटनाको छानबिन गरेर दोषीलाई कारबाही गरिने बताएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद बिमला विकले घटनाको बारेमा गृहमन्त्रीको जवाफ मागेपछि उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।
थारुवान संबाददातागृह मन्त्रालयले बर्दियाको मधुवन नगरपालिका-२ ओराली बजारमा सोमबार प्रहरीको गोलीबाट नविना थारुको मृत्यु भएको घटनाबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ। मन्त्रीस्तरीय निर्णयबाट गृहमन्त्री बालकृष्ण खाँणले गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका हुन्।
थारुवान संबाददातासमस्याग्रस्त बाघलाई नियन्त्रणमा लिन माग गर्दै सडक अवरोध गरेर प्रदर्शनमा उत्रिएका सर्वसाधारण र प्रहरीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। सडक खुलाउन लाग्दा भएको झडपमा गोली लागेर घाइते मधुवन-२ की १८ वर्षीया नवीना चौधरीको मृत्यु भएको छ। काखीमुनि गोली लागेका राकेश चौधरीको उपचार भइरहेको छ।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश