थारू समाचार

नागरिक उन्मुक्ति पार्टीमा विभिन्न दलका ३० कार्यकर्ता प्रवेश

स्थानीय चुनाव नजिकिदै गर्दा रेशम चौधरीले नेतृत्व गरेको पार्टी ‘नागरिक उन्मुक्ति पार्टी’मा विभिन्न दल परित्याग गरी प्रवेश गर्नेको संख्या बढ्न थालेको छ। बुधबार ३० जना नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन्।

थारुवान संबाददाता

नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। प्रहरीको बढुवा सिफारिस समितिको बसेको बैठकले एसएसपी नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी र साउद अलाम खाँलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरिएको हो।

थारुवान संबाददाता

स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै चुनावी माहोल तातिरहेका बेला कञ्चनपुरमा सबै वर्ग, समुदाय, जातजातिमा यसको रौनकताले छोएको छ। कञ्चनपुरका भूमिपुत्रका मानिने राना थारु समुदायका अगुवा पनि दशकौँदेखि बसोबास रहे पनि यहाँ स्थानीय तह राज्य संयन्त्रमा आफ्नो बलियो उपस्थिति हुनुपर्नेमा जोड दिइरहेका छन्।

थारुवान संबाददाता

घोराही उपमहानगरपालिका प्रमुख पदमा नेकपा एमालेबाट दुईजनाको नाम सिफारिस गरिएको छ। एमाले दाङ घोराही उपमहानगर कमिटिले हालका मेयर नरुलाल चौधरी र उपमेयर सीता सिग्देल न्यौपानेको नाम सिफारिस गरिएको जनाएको छ।

थारुवान संबाददाता

नेकपा माओवादी केन्द्र परित्याग गरेको ६ वर्षपछि कृष्णकुमार चौधरी ‘कुन्दन’ पुनः पार्टीमा फिर्ता भएका छन्। पेरिसडाँडामा मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट टीका थाप्दै उनी पुनः माओवादीमा भित्रिएका हुन्।

थारुवान संबाददाता

जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष कृष्णकुमार चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। चौधरी पेरिसडाँडामा एक कार्यक्रमकाबीच माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

थारुवान संबाददाता

थारु पत्रकार संघ, नेपालको केन्द्रीय अध्यक्षमा प्रदीप लेखी सर्वसम्म निर्वाचित भएका छन्। नवलपुरको अमलटाँरीमा सम्पन्न पाँचौं महाधिवेशनबाट लेखीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको हो।

थारुवान संबाददाता

प्रेस काउन्सिल नेपालले थारु भाषाको पत्रकारिता आचारसंहिता प्रकाशित गरेको छ। प्रेस काउन्सिल नेपालले दाङको घोराहीमा थारु भाषाको पत्रकारिता र आचारसंहिता विषयक गोष्ठीको आयोजना गरी पत्रकार आचारसंहिताको लोकार्पण गरेको हो।

थारुवान संबाददाता

नेकपा एमाले पर्साको ८औँ जिल्ला अधिवेशनबाट संविधानसभा सदस्य जयप्रकाश थारु सर्वसम्मतिले अध्यक्षमा चयन भएका छन्। अधिवेशन सुरु भएको झण्डै तीन महिनापछि शनिबार वीरगन्जको एक होटलमा आयोजित बन्द सत्रबाट अध्यक्ष, पदाधिकारीसहित एक सय ३५ सदस्यीय जिल्ला समिति सर्वसम्मतिले चयन गरिएको हो।

थारुवान संबाददाता

थारु कल्याणकारिणी सभा (थाकस)ले लोक सेवा आयोगले खुलाएको खरिदार पदको विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ। थाकसको तर्फबाट अधिवक्ता श्रवण कुमार चौधरी र थाकसका महामन्त्री प्रेमीलाल प्रसाद चौधरीले आइतबार रिट दायर गरेका हुन्।

थारुवान संबाददाता