थारू समाचार
विशेष अदालतको सदस्यमा न्यायाधीश खुसीप्रसाद थारुको नाम सिफारिस
न्याय परिषदले विशेष अदालतमा ६ जना न्यायाधीशको नाम सिफारिस गरेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको परिषदको बैठकले विशेष अदालतको अध्यक्षमा न्यायाधीश श्रीकान्त पौडेलको नाम सिफारिस गरेको छ।
थारुवान संबाददाताबर्दियामा बाघको आक्रमणबाट फेरि एक महिलाको ज्यान गएको छ। बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ सैनवारकी ४१ वर्षीया लिली चौधरीको बाघको आक्रमण बाट मृत्यु भएको हो। बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठका अनुसार बाहिर निस्केको समयमा मंगलबार बेलुकी सवा ८ बजेतिर बाघले लिलीलाई झम्टिएर गम्भीर घाइते भएकी...
थारुवान संबाददाताथारु सँस्कृतिविद् अशोक थारु एक हजार अमेरिकी डलर राशि रहेको पुरस्कारबाट सम्मानित भएका छन्। डा. गोविन्द आचार्य र अशोक थारुद्वारा लिखित ‘घोराहीको थारु प्रदर्शनकारी कला’ नामक खोजकृतिका लागि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रस्टिज (बिओटी)ले उक्त पुरस्कार रकम प्रदान गरेको हो।
थारुवान संबाददातानेपाल प्रज्ञा प्रतिष्ठानले मातृभाषा राष्ट्रिय कविता महोत्सव २०७८ का लागि ४० भाषाका ४६ वटा कविता छनोट गरेको छ। अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२२ का अवसरमा ९ फागुनमा प्रतिष्ठानले आयोजना गर्न लागेको कविता महोत्सवको लागि कविता आह्वान गरेको थियो। थारुमा दाङका जुनु थारु र चितवनका सावित्री चौधरीको कविता परेको छ।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश