थारू समाचार

प्रचण्ड यसपटक रेशम चौधरीबारे बोलेनन्, तर बागी उम्मेदवार लक्ष्मी थारुका लागि मागे भोट

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनकै बागी उमेदवारका लागि भोट मागेका छन् । कैलालीको कैलारी गाउँपालिकाकी उपाध्यक्ष पदकी उमेदवार लक्ष्मी सत्गौवा थारुका लागि प्रचण्डले भोट मागेका हुन् । कैलारी गाउँपालिकामा सोमबार बिहान आयोजना गरिएको कार्यक्रममा प्रचण्डले भने, ‘यो गाउँपालिका देशभरीका पालिकामध्ये उत्कृष्ट तेस्रो भएको हो, अब...

थारुवान संबाददाता

धनीराम चौधरी नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा नं ८ मा वडाध्यक्षका बलियो उम्मेदवार हुन्। नेपाली विद्यार्थी संघ हुँदै राजनीतिक आन्दोलनमा लागेका चौधरी विजयकुमार गच्छादार नेतृत्व गरेको फोरम लोकतान्त्रिकको केन्द्रीय सदस्यसमेत थिए।

थारुवान संबाददाता

थरुहट आन्दोलनबाट उदाएकी नेतृ गीता चौधरी नेपाली कांग्रेसबाट सप्तरीको सुरुङ्गा नगरपालिकामा प्रमुख पदको दाबेदार रहेकी छन्। थारु समुदायको सामाजिक क्षेत्रमा समेत सक्रिय रहेका उनले आफ्नो जित सुनिश्चित भएको बताइन्।

थारुवान संबाददाता

काठमाडौं : नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेशका उपसभापति एवं पूर्वसांसद जनकराज चौधरीकी श्रीमती किरन चौधरी कैलालीको जोशीपुर गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवार रहेका छन्।

थारुवान संबाददाता

गायक नरेश जोगगीको नेतृत्वमा राष्ट्रिय थारु कलाकार प्रतिष्ठान गठन गरिएको छ। शनिबार राजधानीमा बसेको बैठकले १३ सदस्यीय तदर्थ कमिटी गठन गरेको छ। नरेश जोगी अध्यक्ष रहेको कमिटीमा उपाध्यक्षमा चन्द्र चौधरी, महासचिवमा विजय चौधरी, सचिविमा आरके थारु, कोषाध्यक्षमा अन्नु चौधरी र सहकोषाध्यक्षमा गणेश चौधरी रहेका छन्।

थारुवान संबाददाता

आसन्न स्थानीय तह निर्वाचनमा थारु कलाकारहरु पनि होमिएका छन्। चम्पन साँस्कृतिक समूहमार्फत् थारु कला क्षेत्रमा योगदान पुर्‍याउँदै आएका नन्दुराज चौधरी दाङको राप्ति गाउँपालिका वडा ४ मा अध्यक्षको उम्मेदवारी दिएका छन्। उनले नेकपा एमालेबाट वडाध्यक्षका आकांक्षी बनेका हुन्।

थारुवान संबाददाता

कारी महतो चितवन : निर्वाचनको पूर्व सन्ध्याहरुमा विभिन्न दलहरुका कार्यकर्ताहरु एकआपसमा जुधेर अंगभंग भएको सुनिन्छ। कतै भाषण गर्दा वा अन्तर्वार्ता दिँदा एकअर्कालाई गाली गलौज गरेको सुनिन्छ। तर चितवनको खैरहनी नगरपालिका वडा नं. ७ को वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका दुई उम्मेदवारहरु निकै सौहार्दपूर्ण वातावारणमा घरदैलो अभियानमा देखिएका छन्।

कारी महतो

कांग्रेसको सुदूरपश्चिम प्रदेशका उपसभापति जनकराज चौधरीले रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीलाई फटाहाहरुको जमात भएको बताएका छन्। कैलालीको जोशीपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले फटाहाहरुको पार्टीले जनतालाई गुमराहमा पार्ने काम गरेको बताए।

थारुवान संबाददाता

कारी महतो चितवन : लालमणि चौधरी थारु समुदायकै भइकन पनि थारुका लागि कुनै उल्लेखनीय काम नगरेको भनेर केही थारुले आरोप लगाएका छन्। अहिले स्थानीय निर्वाचनको संघारमा यसखालका आरोप-प्रत्यारोप लाग्नु र लगाउनु स्वभाविक हो। तर यस विषयमा मलाई तटस्थरुपमा रही सोधखोज गर्न मन लाग्यो। साँच्चै पाँच वर्षमा थारु समुदायको लागि...

कारी महतो

आसन्न स्थानीय तह निर्वाचनमा सुनसरीको थारु बाहुल्य क्षेत्र दुहवी नगरपालिकामा भगवत लाल चौधरीले स्वतन्त्रबाट प्रमुखमा दाबेदारी पेश गरेका छन्। भगवत लालको नेतृत्वमा दुहवीको उपप्रमुखदेखि वडासम्मै दाबेदारी पेश गरिएको छ।

थारुवान संबाददाता