थारू समाचार
झारपात र खरबाट हस्तकलाका सामग्री बनाएर आयआर्जन
सीपमूलक कार्यमा मधेसी तथा थारू समुदायका महिलाको आकर्षण बढ्दै गएको छ । रुपन्देहीको सियारी गाउँपालिकाका मधेसी तथा थारु समुदायका महिलाले हस्तकलाका सामग्रीबाट आयआर्जन गर्न थालेका छन् । स्थानीय तहको पहलमा उनीहरुले हराउँदै गएका हस्तकलाको सामग्री उत्पादन गरी आयआर्जनको माध्यम बनाएका हुन् ।
थारूवानप्रदेशसभा गठन भएको करिब ४ वर्षपछि बल्ल प्रदेश २ ले आफ्नो नाम र स्थायी राजधानी पाएको छ। प्रदेशसभाले आज मतदान प्रक्रियाबाट प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएको हो। प्रदेशसभाका दुई तिहाइ बहुमत प्रदेशसभा सदस्यहरूले प्रदेशको नाम मधेस प्रदेश र स्थायी राजधानी जनकपुरधामलाई कायम गरेको छ।
थारुवान संबाददाताफरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा भगवती चौधरी सर्वसम्मत् चयन भएकी छिन् । कम्पनीको पुुस ३० गतेसम्पन्न नवौं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीको तर्फबाट निर्वाचित सञ्चालक चौधरीलाई सोही दिन बसेको नव निर्वाचित सञ्चालक समितिको बैठकले सर्वसम्मत अध्यक्षको रुपमा चयन गरेको हो ।
थारुवान संबाददाताटीकापुर नगरपालिकाका कांग्रेस समर्थित १६ जना जनप्रतिनिधि रेशम चौधरीको नयाँ दल नागरिक उन्मुक्ति पार्टीमा आबद्व भएका छन्। टीकापुरका कांग्रेसका १६ जना जनप्रतिनिधिले पार्टीले मागेको स्पष्टीकरणको उत्तर दिँदै आफूहरु स्वतन्त्ररुपमा रेशम चौधरीको नयाँ दल नागरिक उन्मुक्ति पार्टीमा आबद्व रहेको खुलासा गरेका हुन्।
थारुवान संबाददाताजिल्ला समन्वय समिति कपिलबस्तुका उपप्रमुख तारावती चौधरीले थारु समुदायको भाषा, धर्म, संस्कृति संरक्षण र प्रवर्द्धन गर्न मिडियामा पहुँच हुन जरुरी रहेको बताएकी छन्। थारु पत्रकार संघ नेपाल केन्द्रीय कार्यसमितिले आयोजना गरेको थारु जनप्रतिनिधिहरुसँगको अन्तर्क्रया कार्यक्रममा बोल्दै उनले यस्तो बनाएका हुन्।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश