थारू समाचार
कैलारीमा रामसमझ चौधरी र भगवती चौधरी निर्वाचित
सत्तासाझेदार गठबन्धनको कारबाहीमा परेका नेपाली कांग्रेसका उम्मेदवार राजसमझ चौधरी कैलालीको कैलारी गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन्। उनले गठबन्धनका आधिकारिक उम्मेदवार निर्वतमान गाउँपालिका अध्यक्ष माओवादीका लाजुराम चौधरीलाई ४ हजार बढीको मतान्तरले पराजित गरेका हुन्।
थारुवान संवाददातादाङको घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएको छ। मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमा डिसी विजयी भएका हुन्। गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार हेमराज शर्मालाई पाँच हजार ३६० मतान्तरले पराजित गर्दै मेयरमा चौधरी पुनर्निर्वाचित भएका हुन्। चौधरीले ३१ हजार ७२८ मत र...
सन्तोष दहितनेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेशका उपसभाति एवं पूर्वराज्यमन्त्री जनकराज चौधरीको वडामा नागरिक उन्मुक्ति पार्टीले विजय हासिल गरेको छ। सो पार्टीका अनर चौधरी अत्यधिक मतका साथ वडा अध्यक्षमा निर्वाचित भएका हुन्। उनले कांग्रेस उम्मेदवारलाई २२६ मतान्तरले पराजित गर्दै ८०३ मत प्राप्त गरे।
थारुवान संबाददातापश्चिम नवलपरासीको सरावल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा सुखाडीप्रसाद चौधरी र उपाध्यक्षमा बासमती हरिजन विजयी भएका हुन् । अध्यक्ष पदमा निर्वाचित चौधरीले नेपाली कांग्रेसका अनिलकुमार गौडलाई २ हजार ९ सय ७० मतको फराकिलो अन्तरले पराजित गरे ।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश