थारू समाचार

सहिद दिलीप चौधरीको सम्झनामा स्मारक स्तम्भ बन्दै

पञ्चायती व्यवस्थाविरुद्ध लडेका सहिद दिलीप चौधरीको सम्झनामा स्मारक स्तम्भ बन्ने भएको छ। करिब एक लाख रुपैयाँमा बन्ने स्मारक स्तम्भको निर्माण कार्य सुरु भइसकेको नेता राजकुमार लेखीले बताएका छन्। स्तम्भ निर्माण कार्य भदौभित्रै सकिने उनले बताए।

थारुवान संबाददाता

नेपाली कांग्रेसको १४औं महाधिवेशन प्रक्रियामा समावेशी प्रतिनिधित्वलाई लिएर असन्तुष्टि देखिएको छ। जनसंख्याका आधारमा प्रतिनिधित्व हुने निर्वाचन निर्देशिकाको व्यवस्थाले विगतमा पाएको सुविधा कटौती गरेको भन्दै दलित, मुस्लिम, अल्पसंख्यक समुदायका नेताहरु असन्तुष्ट छन्।

थारूवान

कमल चौधरी नेपाल एक बहुजाति, बहुसंस्कृति र बहुधार्मिक भरिपूर्ण देश हो । यहाँ विभिन्न जातजाति, धर्म, भाषा र संस्कृति भएका मानिसहरूको साझा थलो हो । विविधता सँगै यहाँ विभिन्न किसिमका भेषभुषा र सांस्कृतिले गर्दा नै नेपालको गरिमाय बढेको छ । त्यस्तै परापूर्वकालदेखि भव्य रूपमा थारूहरूले विभिन्न किसिमका समाजिक तथा...

कमल चौधरी

थारू समुदायले ‘अट्वारी पर्व ’ आज धुमधामका साथ मनाउँदैछन् । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङ जिल्लामा बसोबास गर्ने ती समुदायले माघीपछिको ठूलो पर्वका रुपमा यसलाई मनाउने गर्दछन्। धार्मिक एवं सांस्कृतिक महत्व बोकेको सो पर्व तीजपछिको पहिलो आइतबारमा व्रत बस्ने र सोमबार सकिने गर्दछ।

थारुवान संबाददाता

थरुहट थारुवान राष्ट्रिय मोर्चासहित थारु संघसंस्थाहरुले संविधान जलाउने भएका छन्। उनीहरुले असोज ३ लाई कालो दिनको रुपमा मनाउने निर्णयसमेत गरेका छन्। थारुहरुले संविधानलाई अपुरो भएको भन्दै संशोधनको माग उठाउँदै आएका छन्।

थारुवान संबाददाता

लोकतान्त्रिक समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरीले जेलमै अट्वारी पर्व मनाउने भएका छन्। टीकापुर घटनामा मुख्य अभियुक्त बनाइएका रेशम चौधरी अहिले डिल्लीबजारस्थित सदर जेलमा रहेका छन्। भोलि आइतबार परेको अट्वारी पर्व जेलमै मनाउने उनले बताए।

थारुवान संबाददाता

पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको हो। नेपालको लागि दुवै गोल डेब्यु खेलाडी सविता राना मगर र प्रीति राईले गरे। बंगलादेशका लागि तोहुरा खातुनले सान्त्वना गोल गरिन्।

थारुवान संबाददाता

थारु बाहुल्यता रहेको पश्चिम तराईका ५ जिल्लामा भदौ २७ गते सार्वजनिक बिदा दिइएको छ। सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र लुम्बिनी प्रदेशको दाङ, बाँके र बर्दिया जिल्लामा अट्वारी पर्वको अवसरमा बिदा दिइएको हो। लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले अट्वारी पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय...

थारुवान संबाददाता

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पक्षमा आजसम्म सनाखत भएको विवरण प्राप्त भएको छ । प्राप्त विवरणअनुसार केन्द्रीय कार्यकारिणी सदस्य १७ जना, संघीय सांसद १५ जना (रेशम चौधरीसहित) लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गरेका छन्।

थारुवान संबाददाता

सरकारी कामकाजको भाषाका आधारको निर्धारण र भाषासम्बन्धी सिफारिसको प्रतिवेदनप्रति नेपाल राना थारु समाजले विरोध जनाएको छ। भाषा आयोगले तयार गरेको प्रतिवेदनमा राना थारु भाषालाई सरकारी कामकाजी भाषाका रुपमा स्थान नदिएकोप्रति असन्तुष्टि जनाएको हो।

थारुवान संबाददाता