थारू समाचार

फिलिपिन्सविरुद्ध विमला चौधरीले गरेकी थिइन् शानदार गोल

एएफसी महिला एसियान कप छनोट अन्तर्गत समूहको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ। उज्वेकिस्तानको तास्केन्तमा भएको खेलमा नेपालले अन्तिम समयमा लगातार दुई गोल खाएपछि २-१ को हार बेहोर्‍यो।

थारुवान संबाददाता

बर्दियामा जंगली जनावरलाई थालेको पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ। बँदेललाई थापेको विद्युतीय पासोमा परेर ठाकुरबाबा नगरपालिका-३ गोदाना भन्ने ठाउँका ३५ वर्षीय बालकृष्ण थारु, उनकी ३० वर्षीय श्रीमती सुनिता थारु र ४५ वर्षीय भाउजु बेलमती थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

थारुवान संबाददाता

थारु पत्रकार संघ नेपालका पूर्व अध्यक्ष लक्की चौधरी पुरस्कृत हुने भएका छन्। प्रेस काउन्सिल नेपालले ३० जनाभन्दा बढी पत्रकारलाई पुरस्कृत गर्ने भएको छ। जसअन्तर्गत लक्की चौधरीलाई प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार प्रदान गर्न लागिएको हो।

थारुवान संबाददाता

आजबाट राष्ट्रिय जनगणनाका लागि घर तथा घरपरिवार सूचीकरण कार्य सुरु भएको छ। अबको २० दिन सम्म देशभर खटिएका ८हजार ५ सय सुपरिवेक्षकले करिब ७० लाख घर परिवारको विवरण संकलन गर्ने छन्।

थारुवान संबाददाता

भाषा आयोगले राष्ट्रिय जनगणना, २०६८ को आधारमा प्रदेशमा बोलिने राष्ट्रभाषाको शीर्षस्थानमा रहेका भाषालाई प्राथमिकता दिइएकाले सुदूरपश्चिम प्रदेशमा रानाथारु भाषालाई प्रादेशिक भाषाका रुपमा सिफारिस गर्न नसकिएको जनाएको छ। सो जनगणनामा थारु भाषा मात्र प्रयोग भएको थियो।

थारुवान संबाददाता

पञ्चायती व्यवस्थाविरुद्ध लडेका सहिद दिलीप चौधरीको सम्झनामा स्मारक स्तम्भ बन्ने भएको छ। करिब एक लाख रुपैयाँमा बन्ने स्मारक स्तम्भको निर्माण कार्य सुरु भइसकेको नेता राजकुमार लेखीले बताएका छन्। स्तम्भ निर्माण कार्य भदौभित्रै सकिने उनले बताए।

थारुवान संबाददाता

नेपाली कांग्रेसको १४औं महाधिवेशन प्रक्रियामा समावेशी प्रतिनिधित्वलाई लिएर असन्तुष्टि देखिएको छ। जनसंख्याका आधारमा प्रतिनिधित्व हुने निर्वाचन निर्देशिकाको व्यवस्थाले विगतमा पाएको सुविधा कटौती गरेको भन्दै दलित, मुस्लिम, अल्पसंख्यक समुदायका नेताहरु असन्तुष्ट छन्।

थारूवान

कमल चौधरी नेपाल एक बहुजाति, बहुसंस्कृति र बहुधार्मिक भरिपूर्ण देश हो । यहाँ विभिन्न जातजाति, धर्म, भाषा र संस्कृति भएका मानिसहरूको साझा थलो हो । विविधता सँगै यहाँ विभिन्न किसिमका भेषभुषा र सांस्कृतिले गर्दा नै नेपालको गरिमाय बढेको छ । त्यस्तै परापूर्वकालदेखि भव्य रूपमा थारूहरूले विभिन्न किसिमका समाजिक तथा...

कमल चौधरी

थारू समुदायले ‘अट्वारी पर्व ’ आज धुमधामका साथ मनाउँदैछन् । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङ जिल्लामा बसोबास गर्ने ती समुदायले माघीपछिको ठूलो पर्वका रुपमा यसलाई मनाउने गर्दछन्। धार्मिक एवं सांस्कृतिक महत्व बोकेको सो पर्व तीजपछिको पहिलो आइतबारमा व्रत बस्ने र सोमबार सकिने गर्दछ।

थारुवान संबाददाता

थरुहट थारुवान राष्ट्रिय मोर्चासहित थारु संघसंस्थाहरुले संविधान जलाउने भएका छन्। उनीहरुले असोज ३ लाई कालो दिनको रुपमा मनाउने निर्णयसमेत गरेका छन्। थारुहरुले संविधानलाई अपुरो भएको भन्दै संशोधनको माग उठाउँदै आएका छन्।

थारुवान संबाददाता