थारू समाचार

‘प्रवासमा थारु’ म्यागजिन नयाँ वर्षको अवसरमा विमोचन गरिने

थारू कल्याणकारिणी सभा युएईले नयाँ वर्षको अवसर पारेर ‘प्रवासमा थारू’ नामक म्यागजिन प्रकाशन गर्दैछ। म्यागजिनका लागि चाहिने सामग्रीहरु अहिले तयार भइरहेको सचिव धर्मराज महतोले जानकारी दिए।

थारूवान

भारोत्तोलनका राष्ट्रिय खेलाडी देवसुन्दर यादवको स्मृतिमा राजविराजमा राष्ट्रिय महिला एवं पुरुष भारोत्तोलन प्रतियोगिता शनिबार सुरु भएको छ। पहिलो दिन महिला ४५ केजी सिनियर समूहमा नेपाल प्रहरीकी हीरामोती थारूले स्वर्ण जितेकी छिन्।

थारूवान

जिल्ला प्रहरी कार्यालय बाँकेले राप्तीसोनारी गाउँपालिकाबाट अवैध हतियारसहित एक जनालाई पक्राउ गरेको छ।

थारूवान

सुरेन्द्र चौधरी ओलीको सरकार बनोस कि देउवाको वा प्रचण्डको, त्यो हाम्रो सरोकारको कुरा होइन। विगतमा तीनै जना ती नेताहरुको सरकार सबैले देखेकै हो। हामीले तीनै जनामा केही पनि भिन्नता देख्दैनौं।

सुरेन्द्र चौधरी

थारु आयोगले थारुहरुको थर सूचीकरणसम्बन्धी अन्तुर्क्रिया गरेको छ। काठमाडौंमा आयोजित कार्यक्रममा डा. कृष्णराज सर्वहारीको नेतृत्वमा संकलन गरिएका थारुहरुको थरबारे बृहत् छलफल गरिएको हो।

थारुवान/काठमाडौं

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले रेशम चौधरीको रिहाइबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका छन्। टीकापुर राजबन्दी रिहाइ राष्ट्रिय अभियानका संयोजक सुरेन्द्र चौधरीले उनीहरुबीच छलफल भएको पुष्टि गरेका छन्।

थारूवान

कैलालीको गोदावरी नगरपालिका– ५ का स्थानीय व्यापारी शिवचरण रानाको हत्या गरेको अभियोग लागेकी एक युवतीलाई प्रहरीले सार्वजनिक गरेको छ।

थारूवान

सरकार र नेत्र विक्रम चन्द नेतृत्वको विप्लव समूहबीच तीन बुँदे सहमति भएको छ। सहमतिसँगै विप्लव समूहले हिंसा छोड‍्ने सहमति जनाएको छ। बिहीबार भएको वार्तामा यस्तो सहमति भएको हो।

थारूवान

नेकपा प्रचण्ड-माधव समूहले शान्ता चौधरीसहित ७ जना नेतालाई कारबाही गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली समूहमा सक्रिय रहेको भन्दै चौधरीसहित नेताहरु महेश बस्नेत, विशाल भट्टराई, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई पार्टीबाट निलम्बन गरेको नेता वर्षमान पुनले जानकारी दिए।

थारूवान

बाघले आक्रमण गर्दामा बर्दियामा फेरि एक जनाको मृत्यु भएको छ। बर्दिया बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको नवरंग बाँझपुर सामुदायिक वनमा गाई,भैंसी चराउन गएका राजापुर नगरपालिका-१० कालाबन्जरका ६२ वर्षीय लालबहादुर चौधरीको मृत्यु भएको निकुञ्जका सहायक संरक्षण अधिकृत असीम थापाले बताए।

थारूवान