सहयोगको अपिल
सप्तरी जिल्ला कुशाहा गाविस–२ निवासी म ३२ वर्षीय सरोजप्रसाद चौधरी गत वैशाखमा बिरामी भई वीर अस्पतालमा जचाएँ। वीर अस्पतालले रक्तअल्पता भएको हो। यसको उपचार भनेको हड्डीभित्रको मासी ‘बोन म्यारो’ फेर्नुपर्ने र यसको लागि भारत जानुपर्ने सल्लाह दियो। त्यसको लागि करिब १६ लाख रूपैयाँ लाग्ने रहेछ। मेरो आर्थिक अवस्था अत्यन्त कमजोर भएको हुँदा थप उपचार गर्न पनि सकिरहेको छैन। त्यसैले सहयोगी व्यक्ति तथा दाताहरूसँग सहयोगको अपेक्षा गरेको छु। मलाई सहयोग गर्न चाहनुहुनेले एभरेष्ट बैंक लिमिटेडमा रहेको खाता नं. ०१०००५०४२००१२१ मा आफूले सकेको रकम जम्मा गरि सहयोग गर्नुहुन अनुरोध गर्छु। साथै थप जानकारीको लागि ९८४१३५७१०८ र ००९१-८८२६३१२०३५ (दिल्ली) मा सम्पर्क गरी थप जानकारी लिन सकिनेछ।
Facebook Comment