थरुहट सहिद स्मृति प्रतिष्ठान खुल्दै
सहिद परिवार उनीहरुको समुदाय केन्द्रीत विकासका कार्यक्रम सञ्चालन गर्ने मूल उद्देश्यसहित ‘थरुहट सहिद स्मृति प्रतिष्ठान’ खुल्ने भएको छ। यस प्रतिष्ठानमा थरुहट तराई पार्टी नेपालका महासचिव शम्भु चौधरीकाे अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति रहने बुझिएको छ। गैरराजनीतिक, गैरधार्मिक र मुनाफारहित यस प्रतिष्ठानको उपाध्यक्षमा खड्गबहादुर चौधरी रहनेछन्। त्यस्तै महासचिवमा मीनराम चौधरी, कोषाध्यक्षमा नुनुराम चौधरी र सचिवमा नाराययणी चौधरी रहनेछन्।
त्यस्तै सदस्यहरुमा कल्पना चौधरी, तेवबहादुर चौधरी, पूर्णप्रसाद चौधरी, राजमति चौधरी, फूलमति चौधरी र राधेश्याम चौधरी रहनेछन्। प्रतिष्ठान छिट्टै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता हुने अध्यक्ष शभ्मु चौधरीले बताए। यस प्रतिष्ठानका सदस्यहरु अधिकांश थरुहट तराई पार्टी नेपालसँग सम्बद्ध छन्।
विद्यानको मस्यौदा हेर्नुस्:
Facebook Comment