भारतलाई हराउँदै पूजा चौधरीले जितिन् स्वर्ण पदक

इटहरीकी पूजा चौधरीले एक अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको लागि स्वर्ण पदक जितेकी छन्। भारतको दिल्लीमा भएको तङ–इल–मो–दो विश्वकप २०१८ मा उनले स्वर्ण जितेकी हुन्।
तङ–इल–मो–दो युनिफाइड मार्सल आर्टअन्तर्गतको खेल ह । यो खेल नेपालका विभिन्न जिल्लाहरुमा खेलाइन्छ भने विश्वका ४० देशहरुमा यो खेलको विस्तार भइसकेको छ।
प्रतियोगितामा नेपालसहित २० राष्ट्रको खेलाडीहरूको सहभागिता थियो। नेपालबाट सहभागिता जनाएकी चौधरीले भारतका खेलाडीलाई पराजित गर्दै गोल्ड मेडल जितेकी हुन्।
Facebook Comment