राज्यले थारूहरूलाई जेल हालिदिन्छु भनेर तर्साउँदैछ : रेशम चौधरी

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले गत वैशाख १७ गते राज्यले रेशम चौधरीलाई मात्र नभएर थारूहरूलाई जेलमा हालिदिने चेतावनी दिएको बताएका छन्। राष्ट्रिय थारू कलाकार मञ्चले आयोजना गरेको थारू सांस्कृतिक कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका चौधरीले थरुहट प्रदेश र पहिचान माग्दा धेरै अन्याय भोग्नुपरेको बताए।
उनले गत वैशाख १७ गते राज्यले थारूहरूलाई धम्की दिएको बताए। ‘अस्ती १७ गते रेशम चौधरीलाई जेल हालेको होइन। बर्ता बोलिस भने थारू तँलाई फेरि डिल्लीबजार जेल हालिदिन्छु भन्या हो। थारू संस्कृति र पहिचानका निम्ती राज्यले पटक-पटक धावा बोल्दै आएको छ,’ उनले भने।
उनले टीकापुर घटना पनि राज्यले नियोजितरूपमा घटाएको बताए। तर, टीकपुर घटनाका नाममा थुप्रै थारू चेलीहरूको चीर हरण भएको उनको भनाइ छ। ‘थारूका साइकल र मोटरसाइकल जलाउँदा कोही पनि बलेनन्। ‘थरुहट प्रदेश लेख्छौं’ भन्दा राज्यले नियोजित रूपमा टीकापुर घटना घटायो। अनि रेशम चौधरीलाई जेलमा कोच्यो,’ उनले भने। उनले आफू जेलमा रहँदा पनि सांस्कृति क्रान्ति गरेको बताए।
संरक्षक चौधरीले थारूहरू पनि नेपाली भएर बस्न चाहेको बताए। त्यसका लागि राज्यले थारूहरूलाई न्याय दिनुपर्ने उनको भनाइ छ।
Facebook Comment