जसपा नेपालका उपाध्यक्ष र नेवाः राष्ट्रिय समितिका अध्यक्ष नाउपा नेपालमा प्रवेश
जसपा नेपालका केन्द्रीय उपाध्यक्ष विद्धुत बज्राचार्य र नेवाः राष्ट्रिय समितिका अध्यक्ष राकेश श्रेष्ठ नागरिक उन्मुक्ति पार्टी नेपालमा प्रवेश गरेका छन्। बुधबार सिनामंगलस्थित नाउपा नेपालको पार्टी कार्यालयमा संरक्षक रेशम चौधरीले उनीहरूलाई प्रवेश गराएका हुन्।
त्यसअघि उनीहरूबीच द्विपक्षी सम्झौता भएको थियो। नेवाः राष्ट्रिय समितिका सचिवालय सदस्य सन्तोष सिलवालसहित एक सयभन्दा बढी नेता-कार्यकर्ता नाउपा नेपालमा प्रवेश गरेका थिए।



Facebook Comment