रास्वपाको केन्द्रीय सदस्यमा तीन थारू निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यका लागि भएको मतदानको मतपरिणाम सार्वजनिक गरिएको छ। पहिलो चरणमा इलेक्ट्रोनिक माध्यमबाट भएको चुनावको मतपरिणाम सार्वजनिक गरिएको हो।

मतपरिणामअनुसार सबैभन्दा धेरै अर्थमन्त्रीसमेत रहेका स्वर्णिम वाग्लेले २६०७ मत प्राप्त गरेका छन्। त्यस्तै महिलातर्फ सोविता गौतमले सर्वाधिक २५९४ मत प्राप्त गरेकी छन्।

केन्द्रीय निर्वाचन आयोगका अनुसार गणेश पराजुलीले २०४५ मत, मनिष झाले २२३७ मत, विपीन आचार्यले २१२६ मत प्राप्त गरेका छन्। प्रवासबाट भएको मतदानको मत भने जोड्न बाँकी छ। उक्त मत जोडेपछि विजयी भएका ९९ जना केन्द्रीय सदस्यको सूची घोषणा गरिने आयोगले जनाएको छ।

त्यस्तै थारू समुदायबाट गीता चौधरी, करिश्मा कठरिया र अशोक चौधरी केन्द्रीय सदस्यमा अत्यधिक मत ल्याएर निर्वाचित भए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *