दाजुको हत्या गर्ने बिनोद चौधरी पक्राउ

आफ्नै दाइको हत्या गरी नहरमा शव फालेको आरोपमा प्रहरीले बाँकेबाट एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कोहलपुर नगरपालिका-४ गोहवा निवासी २० वर्षीय बिनोद चौधरी रहेका प्रहरीले जनाएको छ।

उनले आफ्नै सहोदर दाइको हत्या गरी नहरमा शव फालेर फरार रहेको सूचनापछि प्रहरीले खोजतलासी सुरु गरेको थियो। आइतबबार साँझ करिब ७ बजेति चौधरीले आफ्ना अन्दाजी २६ वर्षीय सहोदर दाइ मनोज चौधरीलाई कुटपिट गरी हत्या गरेर नहरमा शव फालेका प्रहरीको भनाइ छ।

मृतकको शव पोस्टमार्टमका लागि भेरी अस्पतालमा राखिएको छ। घटनापछि फरार रहेका बिनोदलाई आज बिहान भारततर्फ भाग्दै गरेको अवस्थामा बाँकेको कोहलपुर नगरपालिका- १५ चन्‍हवाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान जारी राखेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *