पूर्वमन्त्री फत्तेसिंह थारूको निधन
पूर्वमन्त्री तथा राप्रपाका पुराना नेता फत्तेसिंह थारुको निधन भएको छ । उनको ८८ वर्षको उमेरमा आज निधन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् ।
थारु नेपालगन्जका प्रतिष्ठित सामाजिक तथा राजनीतिक व्यक्तित्व थिए । उनी पञ्चायतकालमा र प्रजातन्त्र आएपश्चात पनि पटक पटक मन्त्री भए । २०५१ सालको मध्यावधि निर्वाचनमा उनी बाँके ३ बाट निर्वाचित भएका थिए। पछिल्लो समय भने उनी गुमनाम थिए ।
उनका दुई श्रीमती र चार छोराछोरी छन्।
Facebook Comment