कोहलपुरमा सेफ्टी ट्यांकीभित्र मृत भेटिए कालु थारू, प्रकाश थारू र बिर्जा थारू

बाँकेको कोहलपुर नगरपालिका-३ शान्तिटोलमा सेफ्टी ट्यांकीभित्र फसेर तीन जना मजदुरको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार, बुधबार बिहान ९ बजेको समयमा दया प्रसाद थारूको घरको आँगनमा बनाउँदै गरेको सेफ्टी ट्यांकीमा तीन जना मजदुर फसेका थिए।

लगत्तै खटिएको टोलीले सेफ्टी ट्यांकी फुटाएर हेर्ने क्रममा तीन जना नै मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

मृत भेटिनेहरूमा कोहलपुर नगरपालिका-३ का अन्दाजी ४०/४२ वर्षीय कालु थारू, सोही ठाउँका अन्दाजी २६/२७ वर्षीय प्रकाश थारू र सोही ठाउँका अन्दाजी ३३/३४ वर्षीय बिर्जा थारू रहेका छन्। उनीहरूको शव भेरी अस्पताल नेपालगञ्ज ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *