शान्ति चौधरीले जितिन् मुद्दा, सर्वोच्चले दियो सरकारका नाममा परमादेश

सर्वोच्च अदालतले ज्येष्ठ नागरिक शान्ति चौधरीलाई निशुल्क एलएलएम पढाउन सरकारका नाममा परमादेश जारी गरेको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको संयुक्त इजलासले कानुन संकायतर्फ चौधरीलाई स्नातकोत्तरको अध्ययन निशुल्क व्यवस्था गर्न परमादेश जारी गरेको हो।

चौधरीले प्रधानमन्त्री कार्यालयसहित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, त्रिभुवन विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय कानुन संकाय डीनको कार्यालय,नेपाल ल क्याम्पस, पूर्वाञ्चल विश्वविद्यालय र चक्रवर्ती ल कलेजविरुद्ध २०८२ मंसिर १६ गते रिट दायर गरेकी थिइन्।

उनले ज्यष्ठ नागरिकसमेत रहेका आफूलाई आरक्षणमा निशुल्क एलएलएम पढ्न सरकारले व्यवस्था गर्नुपर्ने मागसहित रिट निवेदन दायर गरेकी थिइन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *