राखेप बोर्ड सदस्यमा धनिराम चौधरी नियुक्त

राष्ट्रिय खेलकुद परिषद् राखेप को बोर्ड सदस्यमा भलिबलकी पूर्व खेलाडी ललिता नाथ र एथ्लेटिक्सका धनीराम चौधरी नियुक्त भएका छन्।

यी दुईलाई शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नियुक्ति पत्र हस्तान्तरण गरेका हुन्। राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३ उपदफा २ को खण्ड ट बमोजिम राखेपको रिक्त सदस्य पदमा मनोनयन गरिएको खेलकुद मन्त्रालयले जनाएको छ ।

यी दुवै सदस्यको कार्यकाल चार वर्षको रहनेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *